Logo
७ बैशाख २०८१, शुक्रबार
(April 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल-भारत ऊर्जा संयन्त्रको बैठक सम्पन्न : बुटवल गोरखपुर प्रसारणलाइनबारे सहमति

नेपाल-भारत ऊर्जा सचिवस्तरीय संयन्त्रको बैठकमा बुटवल गोरखपुर अन्तरदेशीय प्रसारणलाइनको वित्तीय स्रोत व्यवस्थापन र प्रारूपबारे सहमति भएको छ । नेपाल विद्युत प्राधिकरण र भारतको केन्द्रीय विद्युत् प्राधिकरणले त्यसबारे थप अध्ययन गरि तीन महिनामा विस्तृत प्रतिवेदन बुझाउने तय भएको छ ।

उक्त बैठकमा दुई देशबीच अन्य प्रशारणलाइन थप्ने, विद्युत् खरिद विक्रीलाई सहज बनाउने र इनर्जी ब्याङ्किङको अवधारणामा भारतीय पक्ष ’सकारात्मक’ रहेको जनाइएको छ । मंगलवार दिल्लीमा सकिएको बैठकमा ४०० केभी क्षमताको १३० किलोमिटर लामो बुटवल गोरखपुर अन्तरदेशीय प्रसारणलाइन निर्माणलाई गति दिने सहमति भएको हो ।
लामो समयससम्म यो प्रसारणलाइनको प्रारूपका विषयमा दुवै देशले फरक फरक धारण राख्दै आएका थिए । पछिल्लो सहमति अनुसार आगामी केही वर्ष नेपालले भारतबाट बिजुली ल्याउने भएकोले प्रशारण शुल्क नेपालले तिर्ने र

त्यसपछिका वर्षहरूमा उक्त लाइनको शुल्क भारतले तिर्ने आधार तय भएको ऊर्जा मन्त्रालयका सह सचिव दिनेशकुमार घिमिरे बताएका छन् । बैठकमा हाल टनकपुरमा रहेको प्रसारणलाइनको क्षमता थप विस्तार गर्ने सहमति जुटेको छ । त्यसैगरी, कटैया कुसाहा र रक्सौल परवनीपुर प्रशारणलाइनको क्षमतालाई दोब्बर पार्ने विषयमा समेत अध्ययन गर्न त्यससम्बन्धी प्राविधिक समितिले तीन महिनाभित्र अध्ययन प्रतिवेदन दिने बताइएको छ । नेपाल र भारतबीच सम्पन्न विद्युत व्यापार सम्झौतामा व्यवस्था अनुसार हरेक छ महिनामा बस्नुपर्ने उक्त समितिको बैठकले थप प्रसारणलाइन विस्तारलाई समेत उच्च प्राथमिकतामा राखेर छलफल गरेको बताइएको छ ।

प्रकाशित मिति: Apr 18, 2018

प्रतिक्रिया दिनुहोस्