Logo
१७ आश्विन २०७९, सोमबार
(April 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आईपीएल : मुम्बई इन्डियन्ससँग रोयल च्यालेन्जर्स बैंग्लोर ४६ रनले हार्‍यो

इन्डियन प्रिमियर लीग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ४६ रनले हराएको छ ।मंगलबार राति भएको खेलमा बैंग्लोरका कप्तान विराट कोहलीले नटआउट ९२ रन बनाए पनि हार टार्न सकेनन् । पहिले व्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा २१३ रन बनाएको थियो ।

२१४ रनको लक्ष्य पछ्याएको बैंग्लोर ८ विकेट गुमाउँदै १६७ रनमा समेटियो । मुम्बईको जितमा कप्तान रोहित शर्माले ९४ रनको योगदान गरे । ५२ बल सामना गर्दा उनले १० चौका र ५ छक्का प्रहार गरेका थिए । रोहति प्लेयर अफ दी म्याचसमेत बने ।

यसैगरी सूर्यकुमार यादवले ६५, हार्दिक पाण्ड्याले १७ र कुनाल पाण्ड्याले १५ रन बनाए । बलिङतर्फ बैंग्लोरका उमेश यादव र कोरी एन्डर्सनले समान २-२ विकेट लिए ।

प्रकाशित मिति: Apr 18, 2018

प्रतिक्रिया दिनुहोस्