Logo
१६ चैत्र २०८०, शुक्रबार
(April 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

३३ किलो सुन तस्करी काण्डमा ‘बाजेको सेकुवा’ का सञ्चालक भन्डारीको पनि कनेक्सन

काठमाडौं : नेपालको बहुचर्चित साढे ३३ किलो सुन तस्करी काण्डमा चर्चित चेन रेस्टुरेन्ट ‘बाजेको सेकुवा’का सञ्चालकको पनि कनेक्सन देखिएको छ। सुन तस्करीमा बाजेको सेकुवाका मालिक चेतन भन्डारीको पनि कनेक्सन देखिएको हो ।

छानबिन समितीले भण्डारीको सम्पत्ति र बैंक खाता रोक्का गर्न पत्राचार गरेको छ। पछिल्लो समयमा चर्चित सुन तस्करी प्रकरणमा प्रहरीका उच्च अधिकारीदेखी सुन पसले र वायु सेवा कम्पनीका कर्मचारी समेत तानिएका छन्।

अनुसन्धानमा खटिएका एक प्रहरीका अनुसार साढे ३३ केजी सुन तस्करी गिरोहका नाइके चुणामणी उप्रेतीमार्फत भन्डारीले लगानी गरेका थिए। उप्रेती र भन्डारी नातेदार पनि हुन्।

पछिल्लो समय त्रिभुवन विमानस्थलको बाटो भएर नेपाल भित्रिएको साढे ३३ केजी सुन हराएपछि भरिया सनम शाक्यको हत्या भएको थियो।

शाक्यको हत्यापछि हराएको सुनमा प्रहरीको समेत भुमिका श‌ंकास्पद मान्दै गृहमन्त्रालयले सहसचिव इश्वरचन्द्र पौडेलको संयोजकत्वमा छानबिन समिती गठन गरेको थियो।

केही ‘हाइप्रोफाइल’ व्यक्तिहरु समेत छानबिनमा तानिन सक्ने बताइन्छ। सनम हत्या तथा तस्करीमा संलग्न २० जनालाई प्रहरीले पक्राउ गरिसकेको छ।

प्रकाशित मिति: Apr 17, 2018

प्रतिक्रिया दिनुहोस्