Logo
८ बैशाख २०८१, शनिबार
(April 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रामजानकी धर्मशाला पछाडिको बाटो गुणस्तरहीन ढलान हुँदै

रौतहट : रौतहट जिल्लाको गौर नगरपालिका वडा नंबर १ मा रहेको रामजानकी धर्मशालाको पछाडि पट्टी रहेको बाटो गुणस्तरहीन ढलान हुदैछ ।

गौर नगरपालिकाबाट सो सडकमा माटो पुरी ढलान गर्न स्वरुप २० लाख रुपैयाँ बजेट बिनियोजन गरेको थियो । सो सडक ढलान गर्नु भन्दा पहिला गौर नगरपालिकाबाट १ जनालाई उपभोक्ता समिति बनाई सडक ढलान गर्नको लागि आदेश दिएको थियो । वडा नंबर १ मा रहेका चंदन जयसबालले उपभोक्ता समिति बनाई सो सडकको कार्य सुरु गरेको थियो । सडक ढलानको कागजी प्रकृया सम्पन्न गरि सडक ढलान सुरु गर्नु भन्दा पहिला नै नदीको माटो पुरी सडक ढलान गरिरहेको १ जना स्थानीयले आरोप लगाएको छ ।

सडक ढलान स्थल नजिक पुगेर हेर्दा ढलान भन्दा पहिला स्टिमेटको बोर्ड झुन्याउनु पर्ने त्यो पनि हेर्नमा आएको छैन र ढलान भई रहेको सडक बास्तवमा गुणस्तरहीन ढलान भई रहेको देखिएको छ । ढलान भई रहेको सडक २० लाखको बजेट मध्ये २ लाख जनसहभागितामा १०७ मिटर लम्बाई, १६ फिट चौडाइ र ६ ईन्च मोटाई ढाल्ने चन्दन जयसबालले जनाए। तर बास्तबमा कति ढलान गर्ने र ढलान भन्दा पहिला कस्तो खाले माटो पुर्ने अझ प्रष्ट हुन सकेको छैन । सो सडक ढलानको उपभोक्ता समितिका अध्यक्ष रेखा देवी जयसबाल रहेको र गुणस्तरहीन सडक ढलान गरि आफ्नो गोजी भढी रहेको र अनुगमन कर्ता कता हराएको १जना स्थानीयले आरोप लगाएको छ ।

यस बिषयमा गौर नगरपालिकाका मेयर अजय गुप्ता संग टेलिफोनमा सम्पर्क गर्दा उनले भने माटो न पाईरहेकोले नदीको माटो नै पुरी ढनान गर्ने उनले जनाएको छ। बिस्तृत बिवरण यसबारे म बुझछु मेयर गुप्ताले जनाएको छ। तर १ जना स्थानीय संग सोद्धा यो सडक ढलान ६ महिना पनि न टिकाउ हुने उनले जनाएको छ। ढलान सुरु भए पछि गौर नगरपालिकाका उपप्रमुख किरण ठाकुर सडक ढलानमा पुग्दा सो ढलान बास्तवमा गुणस्तरहीन भई रहेको उनले बताए।

उपप्रमुख ठाकुरले भने सडक ढलान भन्दा पहिला माटोको सट्टा नदिको माटो पुरी न रोलर चलाएको न ग्रेवलमा रोलर चलाएको त्यतिकै सडक सडक ढलान गरिरकेका छन । उपमेयर ठाकुरले भने यसलाई सुधार गर्नुस अनि ढलान गर्नुस । तर पनि उपभोक्ता समितिले ठाकुरको आदेशको कुनै बास्ता न गरि उपभोक्ता समितिले सडक ढलान गरि रहेका छन ।

प्रकाशित मिति: Apr 17, 2018

प्रतिक्रिया दिनुहोस्