Logo
२१ आश्विन २०७९, शुक्रबार
(April 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पार्टी एकताको विवाद अझै टुंगिएन, अन्तिम टुङ्गो लगाउने जिम्मा दुवै पार्टीका अध्यक्षलाई

काठमाडौँ: नेकपा एमाले र नेकपा माओवादी केन्द्रको मंगलबार बसेको पार्टी एकता संयोजन समितिको बैठकमा पार्टी एकताको विवाद टुंगो लाग्न सकेन । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले एकताका लागि मिल्न बाँकी विषयमा अन्तिम टुङ्गो लगाउने जिम्मा दुवै पार्टीका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको छ ।

यसअघि, बैशाख ९ गते नै पार्टी एकता हुने बिषयमा सबैको सुझाव रहे पनि सहमति भने हुन सकेन । पार्टी एकताको बिषयमा दुवै दलका तर्फबाट गृहकार्य गरीए पनि चुनाव चिन्ह् , सांगठनीक संरचना लगायत अन्य बिषयमाथि छलफल र सहमति हुन बाकीँ नै रहेको छ । पार्टी एकताको मिति घोषणाको बिषयमा समितिको अर्को बैठकमा सहमति हुने जनाइएको छ ।

प्रकाशित मिति: Apr 17, 2018

प्रतिक्रिया दिनुहोस्