Logo
११ बैशाख २०८१, मंगलबार
(April 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मिटरमा जान नमान्ने ट्याक्सी बिरुद्ध ट्राफिक प्रहरीको अभियान : अटेरी गर्नेलाई कारवाही

ललितपुर : ललितपुर ट्राफिक प्रहरीले मिटरमा ट्याक्सी चलाउन नमान्ने ट्याक्सी चालक बिरुद्ध अभियान शुरु गरेको छ ।
आमाको मुख हेर्ने दिनमा ट्याक्सीहरुले मिटर अनुसार गन्तव्यमा जान नमानेको र अत्याधिक रकम माग गरेको उजुरीका आधारमा ललितपुर ट्राफिक प्रहरीले मंगलबारबाट एक महिनाको लामो अभियान शुरु गरेको छ ।

मंगलबार बिहानबाट शुरु भएको सो अभियान अन्तर्गत एक घण्टामा २८ वटा भन्दा बढी ट्याक्सी चालक कारवाहीमा परेको छन् । ट्याक्सी चालकहरु मिटर हुँदा हुदै भिन्न बहानामा मिटरमा जान न मान्ने, चाडपर्वको मौका छोपि बढी भाडा उठाउने गरेका छन् । जसले गर्दा सर्वसाधारण मारमा परेका छन् । ट्याक्सीको मिटर अन नभएको पाइए वा यात्रुसँग सोधपुछपछि ट्याक्सी ड्राइभरले मिटरमा गएको हो या होइन भन्ने यकिन गरेर कारवाही प्रक्रियालाई ट्राफिक प्रहरील बढाएको छ । नियम अनुसार रिङरोडबाट दुई किलोमिटर बाहिरसम्म मिटर चलाउनु पर्ने अनिवार्य रहेको छ ।

सार्वजनिक यातायातमा साबिकभन्दा १ रुपैयाँ पनि बढी भाडा लिए ५ हजारसम्म जरिवाना हुने व्यवस्था रहेको छ । तर, ट्याक्सीले १ सय रुपैयाँ पर्ने ठाउँमा ५ सयसम्म असुल्ने गरेको छ । ट्राफिक प्रहरीले कुनै पनि ट्याक्सीले मिटरमा जान माने तत्कालै महानगरीय ट्राफिक प्रहरीको १०३ वा ललितपुर ट्राफिक प्रहरीको ११०३ मा खबर गर्न सबैमा अनुरोध गरेको छ ।

प्रकाशित मिति: Apr 17, 2018

प्रतिक्रिया दिनुहोस्