Logo
८ बैशाख २०८१, शनिबार
(April 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रमुख राजनीतिक दल र व्यवसायीबाटै बुटवल सडक विस्तारमा अवरोध

बुटवल, ४ वैशाख : बुटवलमा शुरु भएको सडक विस्तार अभियानमा त्यहाँका स्थानीय राजनीतिक दल र उद्योग व्यवसायीले साथ होइन, अवरोध गरेका छन् । बुटवलको राजमार्ग चौराहादेखि चिडिया खोलासम्मको सडक क्षेत्र मिचेर बनेका घरहरु भत्काउने क्रममा स्थानीय राजनीतिक दल र उद्योगी–व्यवसायीले अवरोध गरेका हुन् ।

चौराहादेखि चिडियाखोलासम्म साढे तीन किलोमिटर क्षेत्रमा ३ सय ८४ घर सडक क्षेत्र मिचेर बनेका छन् । उक्त संरचना हटाउन आयोजनाले पटक पटक आग्रह गरे पनि सुनुवाइ भएन । सुनुवाइ नभएपछि बुटवल–बेलहिया व्यापारिक मार्ग आयोजनाले डोजर लगाएर सडक क्षेत्र खाली गराउन लागेको हो ।

चौराहादेखि चिडियाखोलासम्म साढे तीन किलोमिटर क्षेत्रमा ३ सय ८४ घर सडक क्षेत्र मिचेर बनेका छन् । अतिक्रमित संरचना हटाउन राजनीतिक दल र उद्योग व्यवसायीले अवरोध गरेपछि आयोजनाले जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायको सहयोग मागेको आयोजनाका प्रमुख मिश्रले जानकारी दिए ।

सडक खण्डलाई ६ लेनमा विस्तार गर्न नहुने तर्क प्रमुख तीन ठूला एमाले, कांग्रेस र माओवादी केन्द्रको छ । तीन दललाई व्यवसायिक संघ–संस्थाले साथ दिएका छन् । तीन दलसँगै बुटवल उद्योग वाणिज्य संघ, रुपन्देही उद्योग संघ, रुपन्देही व्यापार संघ, राष्ट्रिय उद्योग व्यापार संगठनले संयुक्त रुपमा विज्ञप्ति निकालेर सडक विस्तार नगर्न प्रदेश सरकारको ध्यानाकर्षण नै गराएका छन् ।

यो सडक क्षेत्रमा १४ सय व्यवसायी छन् । घर धनी, दलका प्रतिनिधि र व्यवसायीहरु अहिले ट्राफिकचोकमा भेला भएर सडक विस्तार रोक्नबारे छलफल गरिरहेका छन् । सामाजिक न्यायको सिद्धान्त, दीगो विकास र मानवीय संवेदना बुझेर सडक विस्तारको कार्य रोक्नुपर्ने तर्क उनीहरुको छ ।

राजमार्ग चौराहादेखि चिडियाखोलासम्मको सडक ८२ फुट कायम गर्दा पुनः घर निर्माण गर्ने क्रममा १०५ फुट पछि मात्र नक्सा पास हुने हुँदा नगरपालिकाको पहिलेकै नक्साबमोजिम सडकलाई ७५ फुट नै कायम राखी शहरी क्षेत्र संरक्षण गर्न उनीहरुको माग छ ।

झण्डै १४ सय विस्थापित हुने तथा कैयौंको रोजगार खोसिने अवस्था रहेको हुँदा बुटवलबाट वैकल्पिक सडक निर्माण गरी हालको समस्या समाधान गर्न उनीहरुले सरकारलाई सुझाएका छन् । आफूहरु विकास विरोधी नभएको तर दीगो विकासका पक्षधर रहेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्ति :

प्रकाशित मिति: Apr 17, 2018

प्रतिक्रिया दिनुहोस्