Logo
७ बैशाख २०८१, शुक्रबार
(April 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजपा संयोजक ठाकुरको स्वास्थ्यमा निकै सुधार : ICU बाट क्याबिनमा सिफ्ट

काठमाडौँ, ४ वैशाख : भारत स्थित मेदान्ता अस्पतालमा उपचाररत राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुरको स्वास्थ्य अवस्थामा निकै सुधार आएको छ । गुड्गाँउ स्थित मेदान्ताका डा. आरआर कस्लीवालका अनुसार उनको स्वास्थ्य स्थितीमा सुधार आएपछि उनलाई आज बिहानबाट क्याबिनमा सिप्ट गरिएको छ । उनले बताए अनुसार ICU मा भर्ना गरि उनको उपचार हुँदै आएको थियो ।

संयोजक ठाकुरलाई स्वास्थ्य जाँचका क्रममा मुटुको धमनीमा समस्या देखिएपछि शुक्रबारदेखि सघन उपचार कक्षमा राखिएको थियो । उनी संगै रहेका राजपा नेतृ चन्दा चोधरीले पनि उनको स्वास्थ्यमा निकै सुधार बताइन । डा. कस्लीवाल सहित ४ जना डाक्टरहरुको समुह उनको उपचारमा जुटेका छन् ।

हाल संयोजक ठाकुरको स्वास्थ्य अवस्था निकै सामान्य बनेको छ । आजै बिहानदेखि सघन उपचार कक्षबाट सामान्य वार्डमा सारिएको हो । संयोजक ठाकुर उपचारका लागि गत चैत २७ गते भारत गएका थिए । उनका साथ राजपा यूवा नेता कृष्णा सिंह पनि रहेका छन् ।

 

प्रकाशित मिति: Apr 17, 2018

प्रतिक्रिया दिनुहोस्