Logo
१३ बैशाख २०८१, बिहीबार
(April 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पार्टी एकतालाई निष्कर्षमा पु¥याउने जिम्मेवारी पूरा गर्न आफू लागिपरेको छु : प्रचण्ड

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकतालाई निष्कर्षमा पु¥याउने जिम्मेवारी पूरा गर्न आफू लागिपरेको बताएका छन् । अखिल नेपाल शिक्षक संगठनले आयोजना गरेको नेपाली विशिष्टतामा ‘समाजवादी शिक्षाको प्रारुप’ विषयक बृहत् शैक्षिक कार्यशालाको आज यहाँ उद्घाटन गर्दै उनले “पार्टी एकतालाई निष्कर्षमा पु¥याउनुपर्छ, एकता अहिलेको महत्वपूर्ण विषय हो भने ।

”अध्यक्ष प्रचण्डले पार्टी एकीकरणका विषयमा तयार भएका प्रतिवेदनलाई अध्ययन गरेर भोलिसम्म आफूले महत्वपूर्ण निर्णय लिने जानकारी दिए । निजीक्षेत्रलाई निषेध होइन, यसप्रति अभिभावकको सम्बन्ध विस्तारै घटाउँदै लैजाने शिक्षामा सरकारको लगानी बढाउनुपर्ने बताउँदै उनले अहिलेको शिक्षा पूँजीवादी र साम्राज्यवादी भएको हुँदा अब सामाजिक जीवन उपयोगी शिक्षा लागू गर्नुपर्नेमा जोड दिए ।

अध्यक्ष प्रचण्डले संविधानले निर्दिष्ट गरेका समाजवादी शिक्षाको विकल्प नभएको उल्लेख गर्दै समाज परिवर्तन गर्ने खालको शिक्षा अहिलेको आवश्यकता रहेको बताए । “अहिले सामान्य सिद्धान्तमा आधारित बेरोजगारी उत्पादन गर्ने शिक्षा भएको छ”, उनले भने, “आत्मनिर्भर स्वरोजगार र आम जीवनमा प्रभाव पार्ने खालको शिक्षा लागू गर्नु पर्दछ ।” उनले ७० प्रतिशत प्राविधिक र ३० प्रतिशत सामान्य शिक्षा लागू गर्नुपर्नेमा जोड दिए ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष प्रचण्डले शिक्षक पेशा सम्मानित बनाउनेतर्फ राज्य अग्रसर हुनुपर्नेमा जोड दिदैं “शिक्षकको भूमिका नेपालको राजनीतिक परिवर्तनमा ठूलो रहेको छ भने।” “शिक्षक जागरुक भएकाले जनतामा क्रान्तिकारी चेतना फैलाउन सफल भएका हुन्, त्यसैले शिक्षकलाई सम्मानित पेशाका रुपमा हेरिनुपर्दछ,” उनले भने, “अवको शिक्षा गरिब र धनीको खाडल पुर्ने खालको हुनुपर्दछ ।

”अध्यक्ष प्रचण्डले सार्वजनिक, निजी र साझेदारी क्षेत्रको सहकार्यमार्फत नेपालको आर्थिक तथा सामाजिक विकास गर्नुपर्ने बताए । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले समाजवादी शिक्षा नीति बनाइने बताउँदै यसका लागि छलफल भइरहेको जानकारी दिए ।

अन्य देशबाट सिकेर यहाँको भौगोलिक विविधता समेटेर समाजवादी शिक्षा ल्याइने बताउँदै उनले सीप र उत्पादनसँग शिक्षालाई जोड्ने नीति बनाइरहेको धारणा व्यक्त गरे । मन्त्री पोखरेलले खेलकुद, सूचना प्रविधि, कृषि र आयुर्वेदिक शिक्षालाई प्राथमिकता दिने तयारी भइरहेको पनि जानकारी दिए ।

कार्यक्रममा रमेश भट्टराईले ‘नेपालको विशिष्टतामा समाजवादी शिक्षाको प्रारुप’ र लेखनाथ शर्माले ‘अक्षरांकन प्रणाली र विषयगत उपलब्धि प्रमाणीकरण प्रणालीः औचित्य र अभ्यास’ विषयमा कार्यपत्र प्रस्तुत गरे ।

प्रकाशित मिति: Apr 16, 2018

प्रतिक्रिया दिनुहोस्