Logo
१६ चैत्र २०८०, शुक्रबार
(April 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आईपीएल : चेन्नाईविरुद्ध पन्जाबको चार रनको रोमान्चक जित

काठमाडौं, ३ वैशाख : इन्डियन प्रिमियर लिग (आईपीएल)मा किंग्स इलाभेन पन्जाबले चेन्नाई सुपर किंग्सलाई चार रनले हराएको छ । कप्तान महेन्द्र सिंह धोनीले शानदार ७९ रनको योगदान दिए पनि चेन्नाइले हार्‍यो । आईपीएलको यस सिजनमा पन्जाबले चेन्नाईलाई आफ्नै घरमा हारको स्वाद चखाएको यो पहिलो पटक हो ।

यसअघिका दुवै म्याच चेन्नाइले जितेको थियो ।  मोहालीमा टस हारेर पहिले व्याटिङ गरेको पन्जाबले सात विकेट गुमाएर निर्धारित २० ओभरमा १९७ रन बनाएको थियो । १९८ रनको विजय लक्ष्य पछ्याएको चेन्नाइले ५ विकेटको क्षतिमा १९३ रन मात्रै बनाउन सक्यो ।

चेन्नाईका लागि ओपनर शेन वाटसन र मुरली विजय क्रमशः ११ र १२ रनमा आउट भए । धोनीले नटआउट ७९, अम्बाती रायडुले ४९ र रविन्द्र जडेजाले १९ रन बनाए ।  बलिङतर्फ एन्ड्र्यु टाइले २ तथा मोहित शर्मा र रविचन्द्रन आश्विनले एक-एक विकेट लिए । यसअघि पन्जाबका लागि विष्फोटक व्याटिङ गर्दै क्रिस गेलले ३३ बलमा ६३ रन बनाए । उनले ७ चौका र ४ छक्का प्रहार गरेका थिए ।

यसैगरी लोकेश राहुलले ३७, मयंक अग्रवालले ३०, करुण नयरले २९, युवराज सिंहले २० र रविचन्द्रन आश्विनले १४ रन बनाएका थिए । बलिङतर्फ इमरान ताहिर र शार्दुल ठाकुरले २-२ विकेट लिए । आइतबार भएको पहिलो खेलमा राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बैंग्लोरलाई १९ रनले हराएको छ ।

प्रकाशित मिति: Apr 16, 2018

प्रतिक्रिया दिनुहोस्