Logo
७ बैशाख २०८१, शुक्रबार
(April 15, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अफगानिस्तानमा तालिवान आक्रमणमा चार प्रहरीसहित २० मारिए

अफगानिस्तानमा भएका दुई वटा छुट्टाछुट्टै गोली हानाहानका घटनामा परी कम्तीमा २० जनाको मृत्यु भएको छ । अधिकारीहरूले आइतबार दिएको जानकारीअनुसार आइतबार बिहान सात जना तालिवान लडाकू र दुई जना बन्दुकधारी हेरात प्रान्तको चिस्ती सारिफ जिल्लामा मारिएका छन् ।

मारिएकामध्ये एक जना नस्रुल्लाह बाग्घिसी नामका तालिवान डिभिजन कमाण्डर पनि रहेको समाचारमा जनाइएको छ ।त्यसैगरी पूर्वी गाज्नी प्रान्तमा चार जना प्रहरी र सात जना तालिबान लडाकू गरी ११ जना मारिएका छन् ।

लडाकूहरूले स्थानीय सुरक्षा कार्यालयमा सुरक्षाकर्मीहरूलाई लक्षित गर्दै आक्रमण गरेपछि भएको दोहोरो भिडन्तका क्रममा उनीहरू मारिएका हुन् । जघातो जिल्लामा शनिबार राति सो भिडन्त भएको प्रान्तीय सरकारका प्रवक्ता हारिफ नुरीले सिन्ह्वालाई जानकारी दिनुभयो ।

एक अर्कालाइ गोली हानिरहेको अर्काे एक घटनामा परी पाँच जना लडाकू र केही प्रहरी घाइते भएको प्रहरीले स्रोतले जनाएको समाचारमा उल्लेख छ

प्रकाशित मिति: Apr 15, 2018

प्रतिक्रिया दिनुहोस्