Logo
६ बैशाख २०८१, बिहीबार
(April 15, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

खाजा घरमा जुवा खेलिरहेको अवस्थामा नगदसहित ७ जना पक्राउ

काठमाडौं : कुलेश्वर स्थित श्याम नगरकोटीले संचालन गर्दै अइरहेको श्याम नेवारी एण्ड खाजा घरबाट जुवा खेलिरहेको अवस्थामा प्रहरीले ७ जनालाई नगदसहित पक्राउ गरिएको छ ।

खाजा घरमा ४६ हजार १ सय नगदसहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । कुलेश्वरमा खाजा घर सञ्चालन गरिरहेका ४० वर्षीय श्याम नगरकोटी, काठमाडौं चुन्नेखापाका ४५ वर्षीय महेश्वर डंगोल, विरगञ्जका ४० वर्षीय विशाल कार्की, काभ्रेका ४८ वर्षीय दुर्गा नाथ, काठमाडौं कुलेश्वरका ३४ वर्षीय विकास महर्जन, कलंकीका ४० वर्षीय सुनील ओझा र कुलेश्वरकै ४५ वर्षीय जगत गुरुङलाइ पक्राउ गरिएका प्रहरीले बताए ।

प्रकाशित मिति: Apr 15, 2018

प्रतिक्रिया दिनुहोस्