Logo
१३ बैशाख २०८१, बिहीबार
(April 15, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

युवतीलाई गेष्ट हाउस बोलाएर हत्या गरेको आरोपमा एक युवक पक्राउ

काठमाडौं : नयाँ बसपार्कको गेष्ट हाउसमा युवतीको हत्या गर्ने युवक पक्राउ परेका छन् । सल्यान जिल्लाको शारदा गाउँपालिका–१ का गोपाल शर्माले हत्या गरेको खुलेपछि प्रहरीले अनुशन्धाग गरेर पक्राउ गरेको हो ।

शर्माले गत २२ चैतमा २२ वर्षीय रियाना अधिकारी ‘रियाको हत्या गरि भागेर भारत पुगेका थिए । त्यसपछि उनलाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले पक्राउ गरेर नेपाल ल्याएको हो । राति युवतीसँगै गेष्ट हाउसमा गएका शर्माले होटलको आगन्तुक पुस्तिकामा भने घर दाङ घोराही नगरपालिका–१, वर्ष २६ र नाम विकास वली लेखेका थिए ।

उनीहरु राति गेष्ट हाउसको २ सय ३ नम्बरको कोठामा बसेका थिए । कोठामा गेष्ट हाउस सञ्चालक बिल लिएर जाँदा उनी मृत अवस्था भेटिएकी थिइन् ।

प्रकाशित मिति: Apr 15, 2018

प्रतिक्रिया दिनुहोस्