Logo
७ बैशाख २०८१, शुक्रबार
(April 15, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सांसद नै नक्कली रक्सी बेच्दै, यस्तो छ आन्तरिक राजस्वको ‘गुपचुप’ तयारी

काठमाडौं : नेपाली कांग्रेसका एक सांसदको गैरकानुनी धन्दा पर्दाफास भएको छ । नेपाली कांग्रेसका एक प्रदेशसभा सदस्यले संचालन गर्दै आएको रक्सी भट्टीमा आन्तरिक राजस्व कार्यालयले सिलबन्दी गरेसँगै यो विषय गुपचुप राख्न र कारबाहीबाट बच्न ती माननीय शक्तिकेन्द्रहरु धाउनमा व्यस्त छन् ।

धनकौला गाउँपालिका–२ मा सञ्चालन गर्दै आएको अभिनव डिस्टिलरीबाट उत्पादन हुने रक्सीमा प्रयोग हुने गरेको कच्चा पदार्थमा कमसल नक्कली रहेको र त्यहाँ नक्कली स्टिकर टाँसेर व्यापार व्यवसाय गर्दै आएको विषयमा उजुरी परेसँगै आन्तरिक राजस्व विभागले छानबिन गरेको थियो ।

कांग्रेसका सर्लाही ४ (क) का सांसद वीरेन्द्रप्रसाद सिंह हुन् । यसरी गैरकानुनी धन्दामा संलग्न गरेको र आफ्ना गैरकानुनी धन्दा बाहि र ल्याउनबाट रोक्न शक्तिकेन्द्र धाउने गरेको छ । छानबिन पछाडि उनको सो कम्पनीमा राजस्व विभागले सिलबन्दी गरेको छ । उनले गुणस्तरीय चिह्नको समेत नक्कली राखेको स्रोतले जनाएको छ ।

जनप्रतिनिधिले नै सञ्चालन गर्दै आएको रक्सी भट्ठीबाट उत्पादन हुने रक्सीका कारण सथानीयको स्वास्थ्यसँग खेलवाड भइरहेको व्यापाक गुनासोपछि राजस्वले छापा मारेको थियो । राजस्वले उनको कम्पनीमा छापा मारेको दुई साता बितिसक्दासमेत यो घटनालाई गुपचुप राख्न खोजिएको थियो ।

सर्लाहीका प्रतिनिधि सभाका सदस्य सिंहका दाजु त्यहीका पार्टी जिल्ला उपाध्यक्ष हुन् । उनी यसअगाडि पनि विवादमा मुछिएका व्यक्ति हुन् । सार्वजनिक जग्गाका सिसौ कटौती गरेको अभियोगमा ११ महिना जेल बसेर आएका व्यक्ति उनीविरुद्ध सर्वोच्चमा समेत मुद्दा परेको छ । रवि कन्सट्रक्सन कम्पनी चलाउँदै आएका उनी ‘क’ श्रेणीका ठेकेदार समेत हुन् ।

प्रकाशित मिति: Apr 15, 2018

प्रतिक्रिया दिनुहोस्