Logo
४ बैशाख २०८१, मंगलबार
(April 15, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नयाँ वर्षको पहिलो सेयर कारोवार : नेप्से रातै हुने संकेत, मध्यान्हसम्म १४ अंकको गिरावट

काठमाडौं : बिसं २०७५ को पहिलो कारोवार दिन आज आईतबार नै नेप्से रातै हुुने संकेत देखिएको छ । मध्यान्ह १२ बजेसम्म नेप्से १४ दसमलव ८८ अंकले घटिसकेको छ भने सेन्सिटिभ तीन दसमलव ४१ अंकले घटिसकेको छ ।

मध्यान्हसमम आठ वटा समुहको कारोवार भएकोमा फाईनान्स समुहको सुचक स्थिर देखिएको छ भने बाँणिज्य बैंक, बिकास बैंक, बीमा सहितका सात वटा समुहका सुचक घटेका छन् ।

यसबिचमा एक सय तीन कम्पनीहरुको सात सय ८३ वटा कारोवारमा एक लाख एक हजार चार सय ८५ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम चार करोड ७० लाख २० हजार चार सय ८५ रुपैयाँ पुुगेको छ ।

यसबिचमा छ्याङदी हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य तीन रुपैयाँ ९० पैसाले बढेर एक सय ६० रुपैयाँमा सेयर किनबेच भएको छ भने अरुण भ्याली हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य चार रुपैयाँ ७६ पैसाले घटेर एक सय ६० रुपैयाँमा सेयर किनबेच भएको छ ।

नबिल बैंकको संस्थापक सेयरतर्फ भने सात सय ९४ रुपैयाँ अन्तिम मुल्यमा ६८ लाख नौ हजार सात सय रुपैयाँको सेयर कारोवार भएको छ ।

प्रकाशित मिति: Apr 15, 2018

प्रतिक्रिया दिनुहोस्