Logo
१६ चैत्र २०८०, शुक्रबार
(April 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दिवं‌गत अभिनेत्री श्रीदेवीलाई ६५ औँ सर्वोत्कृष्ट नेशनल अवार्ड

दिवंगत बलिउड अभिनेत्री श्रीदेवीलाई ६५ औँ नेशनल अवार्ड अन्तर्गत सर्वोत्कृष्ट अभिनेत्रीको पुरस्कार प्रदान गरिएको छ।अभिनेत्री श्रीदेवीलाई फिल्म ‘मम’ का लागि सर्वश्रेष्ठ अभिनेत्रीको पुरस्कार दिइएको हो । श्रीदेवीलाई यो पुरस्कार प्रदान गरिने समाचार सुनेपछि पति बोनी कपुर भावुक भएका छन् ।

‘म चाहन्छु उनी आज हाम्रो साथमा भए । मलाई उनको धेरै याद आइरहेको छ । उनलाई सम्झिएकोमा सबैलाई धन्यवाद !’ गत २४ फेब्रुअरीमा दुबईको एक होटलको रुममा बाथटबमा डुबेर श्रीदेवीको निधन भएको थियो । उनी त्यहाँ आफ्ना भाञ्जा मोहित मारवाहको बिहेमा भाग लिन पुगेकी थिइन् ।

त्यसपछि राजकीय सम्मानसहित उनको अन्तिम विदाइ गरिएको थियो । श्रीदेवीलाई ओस्कर अवार्डका क्रममा पनि श्रद्धाञ्जली दिइएको थियो । नेशनल अवार्ड यो वर्ष राजकुमार राव अभिनित फिल्म ‘न्यूटन’ लाई सर्वश्रेष्ठ हिन्दी फिल्मको सम्मान दिइएको थियो । ‘न्यूटन’ को पोल्टमा एक अर्को अवार्ड पनि आएको छ । अभिनेता पंकज त्रिपाठीलाई विशेष पुरस्कार दिइएको छ ।

अभिनेता विनोद खन्नालाई मरणोप्रान्त दादा साहेब फाल्के सम्मान दिइएको छ । फिल्म ‘नागर कीर्तन’ का लागि बंगाली अभिनेता रिद्धी सेनलाई सर्वश्रेष्ठ अभिनेताको पुरस्कार मिलेको छ । नेशनल अवार्ड समिति प्रमुख तथा चर्चित निर्देशक शेखर कपुर यी सबै पुरस्कारको घोषणा गरेका हुन् । सबै विजेताहरुलाई ३ मेमा राष्ट्रपति रामनाथ कोविन्दले नेशनल अवार्ड सम्मानबाट सम्मानित गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति: Apr 14, 2018

प्रतिक्रिया दिनुहोस्