Logo
१६ चैत्र २०८०, शुक्रबार
(April 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिरियामा संकट : विश्वभर सनसनी, तर त्यहाँ नेपाली कति छन् भन्ने अभिलेख सरकारसंग छैन

काठमाडौं : लामो समयदेखि द्वन्द्वग्रस्त मुलुक सिरियामा अमेरिका, ब्रिटेन र फ्रान्सले शनिवार विहान हमलागरेपछि विशवभरी यो खबरले सनसनी मच्चाएको छ । भने गैरकानुनी रुपमा त्यहाँ नेपालीहरुको अबस्थावारे र उनीहरुको सुरक्षालाई लिएर चासो शुरु भएको छ । कति नेपाली छन् ? सरकारसँग यसको हिसाव छैन, किनभने सरकारले सिरिया वैध रूपमा जान प्रतिबन्ध लगाएको छ ।

तर, मानवतस्करहरुले ठूलो घनरासी कमाईको प्रलोभन देखाएर केही नेपाली सिरिया पुर्याको पाइएको छ । यो सख्याँ करिव पाँच सयको हाराहारीमा रहेको अनुमान गरिएको छ । यसमा धेरैजसो यूवती छन् । तर, सख्याँ चाहिँ यकिन छैन ।द्वन्द्वग्रस्त क्षेत्रमा समेत नेपाली युवती घरायसी काममा कार्यरत रहेको बताइएको छ ।

उनीहरू नेपालमा सम्पर्कसमेत गर्न नसक्ने बन्दीको हालतमा रहेको रिपोर्ट केही समय अगाडि एक दैनिक पत्रिकामा प्रकाशित भएको थियो । सरियामा नेपालीहरूको औपचारिक सम्पर्कसूत्र छैन । त्यसैले उनीहरुको खोजीकार्य गा्रहो हुने गरेको छ । इजिप्टस्थित नेपाली दूतावासले सिरियामा रहेको नेपालीहरुको अबस्थावारे बुझ्ने कोशिष गरेको छ ।

सिरियामा नेपाली दूतावास चाहिँ छैन । सिरियाको गुटा क्षेत्रनजिक पनि नेपालीहरू रहेको अनुमान छ, जहाँ हिंसा तीव्र रूपमा जारी छ । मानव तस्करहरूले नेपाली युवतीलाई दिल्ली, मुम्बई, दुबई, थाइल्यान्ड, मलेसिया, सिंगापुर हुँदै सिरिया पुर्‍याउने गरेको जनाइएको छ । कतिपयलाई भने दुबई पुर्‍याएर त्यहाँबाट गाडीमा विभिन्न स्थान हँुदै सिरिया पुर्‍याइएको जानकारी दूतावासलाई दिइएको छ ।

परराष्ट मन्त्रालयका प्रवत्ता भरतराज पौड्यालले उक्त घटनामाथी आफुहरुको नजर रहेको बताएका छन् । उनका अनुसार नेपाली कतिछन् भन्ने अभिलेख नै सरकारसंग छैन । पौड्यालले भने ‘हामीले घट्नाक्रमलाई नजिकबाट नियालिरहेका छौँ । अहिलेसम्म त्यो प्रक्रियामा संलग्न मुलुकहरुले भनेअनुसार हमला चाँही खास खास ठाउँहरुमा मात्र केन्द्रित छ, जहाँ सिभिलियन टार्गेटमा परेका छैनन् ।’

‘त्यसो हुनाले हामीले घट्नाक्रमलाई नजिकबाट हेरिराखेको अवस्था छ’ उनले भने ‘दोस्रो कुरा त्यो सिरियासमेत हेर्ने नियोेग कायरोमा छ । त्यो कायरोमा रहेको नियोगलाई चाहिँ घट्नाक्रमलाई नजिकबाट बुझेर हाम्रा मान्छेहरुको स्थितिवारे बुझ्न भनेका छौँ । त्यहाँ कोही छन् भने उनीहरुसँगको सम्ँपर्कमा रहनुहोला भन्ने एड्भाईस गरेका छौँ ।’

सिरिया कामदार अनुमति लिएर जान पाउने डेस्टिनेशन हैन । कोही गएका छन भने तिनीहरु अवैधानिक र सरकारी अनुमति प्रक्रिया पुरा नगरी गएका हुन् । त्यसको अभिलेख उनीहरुले नै दिएमा हुन्छ । अन्यथा सरकारसँग हुँदैन् ।इजिप्टस्थित नेपाली दूतावासले केही समय अगाडि पछिल्लो समय सिरिया, लेबनानलगायत मुुलुक पुर्‍याएर घरमालिक वा कसैसँग विवाह गराउने र नेपालमा सम्पर्कसमेत गर्न नदिने, पारिश्रमिकसमेत नदिई शोषण गरिएको सूचना पाएको बताएको थियो ।

केही समय अगाडि इजिप्टस्थित नेपाली दूतावासमा सिरियामा सर्लाहीकी ४७ वर्षीया तेजी देवीको मृत्यु भएको सूचना आएको थियो । मृत्युको कारण अझै खुल्न सकेको छैन । यसबाहेक ८ महिनाअघि पनि सिन्धुपाल्चोककी माया तामाङको सिरियामै मृत्युको सूचना पनि दूतावासमा आएको थियो । आठ बर्षदेखि चलेको सिरियाली संकटमा झन्डै चारलाख मानिसको ज्यान गएको छ । दुई करोड भन्दा बढी विस्थापित छन् ।

रासायनिक अस्त्र भण्डारणलाई निसाना
सिरियाको सरकारी सञ्चारमाध्यम सानाले शनिबार होम्स प्रान्तस्थित सैन्य अखडामा प्रहार भएको क्षेप्यास्त्रलाई विफल पारिएको र अन्यत्रै पठाइदिएको जनाएको छ । यद्यपि तीनजना सर्वसाधारण भने घाइते भएको उक्त सञ्चारमाध्यमले जनाएको छ । यसअघि अमेरिकी सेनाले आफूहरूले होम्स सहरको पश्चिममा रहेको रासायनिक अस्त्र भण्डारणलाई निसाना बनाएको बताएको छ।

यद्यपि सरकारी टेलिभिजनले हमलाले उत्तरी दमास्कसको बर्जेहस्थित साइन्टिफिक स्टडिज एण्ड रिसर्च सेन्टर (एसएसआरसी) को शाखामा भौतिक क्षति मात्रै पुर्याएको जनाएको छ ।  खबरका अनुसार तालिम केन्द्र रहेको भवन र प्रयोगशालाहरूमा क्षति पुगेको छ।

एउटा पश्चिमा गुप्तचर संस्थाले बीबीसीलाई गत वर्ष उक्त एसएसआरसी केन्द्र लडाईँमा प्रयोग हुने रासायनिक अस्त्रहरू बनाउन प्रयोग भइरहेको बताएको थियो। उक्त आरोपलाई सिरिया सरकारले भने पटकपटक अस्वीकार गर्दै आएको छ।

प्रकाशित मिति: Apr 14, 2018

प्रतिक्रिया दिनुहोस्