Logo
१५ चैत्र २०८०, बिहीबार
(April 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपति/उपराष्ट्रपतिको सन्देश : नयाँ वर्षमा देशलाई आत्मनिर्भर बनाउने अवसर

काठमाडौं : नयाँ वर्षको अवसरमा राष्ट्रपति/उपराष्ट्रपतिले देशवासीका नाममा सन्देश दिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले देशलाई आत्मनिर्भर बनाउने अवसर प्राप्त भएको बताएकी छन् । उनले देश समृद्ध बनाउने दायित्व आम नेपालीको भएको पनि बताएकी छन् ।

नयाँ वर्ष २०७५ को अवसरमा सबै नेपालीलाई सुख शान्ति र दीर्घायूको शुभकामना दिँदै राष्ट्रपति भण्डारीले भनेकी छन्, ‘देशमा रहेको अथाह प्राकृतिक सम्पदालाई दिगो रुपमा प्रयोग गर्दै मुलुकलाई समृद्ध बनाउने दायित्व आम नेपालीको हो ।’ नयाँ वर्षको शुभकामना सन्देश दिँदै उनले २०७४ देशको राजनीतिक इतिहासमा महत्वपूर्ण वर्ष रहेको उनले स्मरण पनि गरेकी छन् ।

राष्ट्रपति भण्डारीले विभिन्न तहका सरकार र संसदीय अभ्यासका अतिरिक्त स्थानीय तहमा न्यायिक समितिमार्फत न्याय निरुपणका प्रक्रियासमेत स्थानीयस्तरमै अघि बढेको भन्दै यसले देशलाई लोकतान्त्रिक विधिबाट समृद्धिको दिशामा अघि बढ्ने ढोकालाई थप सुदृढ तुल्याएको बताएकी छन् ।

उपराष्ट्रपति पुनको शुभकामना

यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले पनि नयाँ वर्ष २०७५ को देश विदेशमा रहेका सबै नेपालीलाई शुभकामना दिएका छन् । नयाँ वर्ष राजनीतिक स्थायित्व, विकास र समृद्धिको यात्राले छलाङ हान्ने वर्ष हुने अपेक्षा उपराष्ट्रपति पुनले लिएका छन् ।

राष्ट्रियता, भौगोलिक अखण्डता, सार्वभौमिकता र नेपाली जनताको स्वतन्त्रतालाई अझै बलियो बनाउँदै प्रत्येक नेपाली नागरिकको आर्थिक सामाजिक रुपान्तरणसहित समुन्नत र समृद्ध नेपाल निर्माणमा सबैको ध्यान केन्दि्रत हुनुपर्नेमा उनले जोड दिएका छन् ।

प्रकाशित मिति: Apr 14, 2018

प्रतिक्रिया दिनुहोस्