Logo
१३ बैशाख २०८१, बिहीबार
(April 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

झुठो र उल्टोपाल्टो समाचार दिने सञ्चार माध्यममाथि अब नियमन हुनेछ : सञ्चार मन्त्री

धुलिखेल : संचार मन्त्रालयको नाममा एउटा नक्कली प्रेस विज्ञप्ती समाजिक संजालमा भाइरल भइरहेका बेला सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले झुठो र उल्टोपाल्टो समाचार दिने सञ्चार माध्यममाथि नियमन गरिने बताउनुभएको छ ।

नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति काभे्रले आज बनेपामा आयोजना गरेको ‘राष्ट्रिय शिक्षक दिवस’ कार्यक्रममा उहाँले पत्रकारले पनि संविधान र कानुन मान्ने परम्परा विश्वव्यापीरुपमा रहेको स्मरण गराउँदै तर सरकारले प्रेसमाथि नियन्त्रण नगर्ने स्पष्ट गर्नुभयो ।

पछिल्लो समयमा पत्रकारबाट गलत सन्देश प्रवाह गर्न खोजिएको उल्लेख गर्दै उहाँले सामाजिक सञ्जाजले जे मन लाग्यो त्यही गरेकामा आपत्ति जनाउनुभयो ।

सामाजिक सञ्जाललाई अब यस्तो गर्ने छुट नभएको बताउँदै उहाँले त्यसको नियमन गर्ने बताउनुभयो । “कानून र संविधान कहाँको पत्रकारले मान्दैन ? त्यो बताउनुभयो प¥यो”–उहाँले भन्नुभयो, “अधिकार र उत्तरदायित्व सँगसँगै जान्छ ।”

प्रकाशित मिति: Apr 13, 2018

प्रतिक्रिया दिनुहोस्