Logo
११ बैशाख २०८१, मंगलबार
(April 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ढोरपाटनलाई जोगाउने गरी जलविद्युत् आयोजना निर्माण गरिने : प्रधानमन्त्री ओली

बागलुङ : प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार ढोरपाटन शिकार आरक्षको अवलोकन गरेका छन् ।

प्रधानमन्त्री ओलीसहित रक्षामन्त्री ईश्वर पोखरेल, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीलगायत ढोरपाटन पुगेका थिए।

अवलोकनपछि स्थानीय तहका जनप्रतिनिधि र जनतासँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले ढोरपाटनलाई जोगाउने गरी जलविद्युत् आयोजना निर्माण गरिने बताए । “उत्तरगंगामा जलाशयबाट एक हजार मेगावाट बिजुली निकाल्न सकिन्छ”–उनले भने, “त्यसो गर्दा यहाँको बस्ती र सुन्दरता बचाउने गरी काम अगाडि बढाउनुपर्छ ।”

सो अवसरमा पर्यटनमन्त्री अधिकारीले ढोरपाटन प्रदेश नं ४ कै उत्कृष्ट पर्यटन गन्तव्यअन्तर्गत पर्ने बताए।

प्रकाशित मिति: Apr 13, 2018

प्रतिक्रिया दिनुहोस्