विमान दुर्घटना हुँदा ठूलो संख्यामा सैैनिकको निधन
अल्जेरियाको राजधानी अल्जियर्सनजिकै बुफारिक एयरबेसमा सैनिक विमान दुर्घटनामा पर्दा कम्तीमा सयजना यात्रुको मृत्यु भएको समाचरा एजेन्सीहरुले जनाएका छन्। अल्जेरियन स्टेट रेडियोका अनुसार बुधबार बिहान भएको दुर्घटनामा ठूलो संख्यामा सैैनिकको निधन भएको हो।
आइलुसिन- ७६ विमानमा ठूलो संख्यामा सैनिक सवार थिए। अल्जेरियाको स्थानीय अनलाइन अल्जेरी २४ का अनुसार उक्त विमान पश्चिमी अल्जेरियाको सहर बेचारतर्फ उडिरहेको थियो।
अल्जेरियन वेबसाइटमा राखिएको तस्बिरमा घटनास्थलबाट मोटो धुँवाको मुस्लो उडिरहेको र उद्धारकर्मीहरुको भिड लागेको छ।