Logo
२८ आश्विन २०८१, सोमबार
(April 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पानीजहाज सञ्चालन सहमतिबारे मन्त्रालय नै बेखबर

काठमाडौं : नेपाल-भारतबीच पानीजहाज सञ्चालन गर्ने सहमति मुलुकभित्र कुनै पनि छलफल र तयारीबिनै भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग पानीजहाज सञ्चालन गर्ने सहमति गरे पनि सम्बन्धित मन्त्रालयसँग छलफल भएको छैन ।

भ्रमणको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटपछि काठमाडौंम रेल, नेपाल र भारतबीच पानीजहाज चलाउने विषयमा सहमति भएको थियो । यस वियमा सम्बन्धित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भने छलफलै भएको थिएन ।

मन्त्रालयका एकजना उच्च अधिकारीका अनुसार भारतसँग सहमति भएको पानीजहाज सञ्चालन जस्तो ठूलो लगानीको विषयमा मन्त्रालयमा कुनै पनि छलफल भएको छैन ।

‘पानीजहाजको विषयमा छलफल थिएन,’ मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘प्रधानमन्त्री कार्यालयमा छलफल भएको हुनसक्छ ।’

प्रकाशित मिति: Apr 10, 2018

प्रतिक्रिया दिनुहोस्