Logo
१९ आश्विन २०८१, शनिबार
(April 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मिर्गौला प्रत्यारोपण गर्न रु ५० हजार सहयोग हस्तान्तरण

भक्तपुर : दुवै मिगौला बिग्रिई आर्थिक समस्याका कारण प्रत्यारोपण गर्न नसकेका उर्लाबारी– ६ मोरङका रुपेश श्रेष्ठलाई प्रदेश नं ३ का प्रदेश सदस्य हरिशरण लामिछानेले रु ५० हजार सहयोग हस्तान्तरण गरेका छन् ।

प्रवासी नेपाली मञ्च इजरायलले बिरामीको मिर्गौला प्रत्यारोपणका लागि पठाएको उक्त सहयोग रकम लामिछानेले श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् । अर्थाभावका कारण उपचारमा समस्या भएको जानकारी पाएपछि मञ्चका इजरायल सहकोषाध्यक्ष मीना चुँडालको पहलमा रकम सहयोग संकलन गरी पठाइएको मञ्चका इजरायल अध्यक्ष तीर्थ गौतमले जानकारी दिएका छन् ।

तीन महिना अघि दुवै मिर्गौला काम नलाग्ने भई राष्ट्रिय धर्मभक्त अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा डायलासिस गराइराखिएको मिर्गौला पीडित श्रेष्ठले जानकारी दिए । उनले आफ्नी आमाले मिर्गौला प्रत्यारोपण गर्न तयार भए पनि अर्थाभावका कारण प्रत्यारोपण गर्न नसकिएकाले थप रकम आवश्यक रहेको बताएका छन् ।

प्रकाशित मिति: Apr 8, 2018

प्रतिक्रिया दिनुहोस्