Logo
२७ आश्विन २०८१, आईतबार
(April 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय राष्ट्रपतिसँग् प्रम ओलीको शिष्टाचार भेट

नयाँदिल्ली : प्रधानमन्त्री केपी शमौ ओलीले भारतका राष्ट्रपति रामनाथ कोविन्दसँग शिष्टाचार भेट गरेका छन् । नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा भएको भेटवार्तामा द्विपक्षीय चासो र हितका विषयमा छलफल भएको परराष्ट्र सचिव शंकरदास बैरागीले जानकारी दिएका छन् ।

भेटमा भारतका राष्ट्रपति कोविन्दले नेपालको प्रधानमन्त्री पदमा निर्वाचित भएकोमा प्रम ओलीलाई बधाई दिएका छन् । सो क्रममा भारतीय राष्ट्रपति कोबिन्दले नेपालका राष्ट्रपतिलाई भारत भ्रमणको निम्तो दिएका छन् ।

प्रधानमन्त्री ओलीको प्रतिनिधिमण्डलले शनिवार भारतीय समकक्षी नरेन्द्र मोदीसँग् औपचारिक रुपमा विभिन्न विषयमा द्धिपक्षीय वार्ता र छलफल गर्दै छन् ।

प्रकाशित मिति: Apr 7, 2018

प्रतिक्रिया दिनुहोस्