Logo
१५ चैत्र २०८०, बिहीबार
(April 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लेखक डा.रमेश सुनामको ‘समावेशिताको बहस’ शीर्षक पुस्तक आज सार्वजनिक

काठमाडौं : लेखक डा.रमेश सुनामद्वारा लिखित ‘समावेशिताको बहस’ शीर्षक पुस्तक आज सार्वजनिक भएको छ । समता फाउण्डेशनद्वारा यहाँ आयोजित छलफल कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट, सांसद नीरा जैरुलगायतले संयुक्त रुपमा विमोचन गर्नुभएको कृतिमा समावेशी नीति, समावेशितामा सङ्ख्या, असमावेशिता र असमानता, समावेशिताको न्यायमूलक ढाँचा र सरकारी सेवाको गुणस्तरलगायत विषय समावेश गरिएको छ ।

सो अवसरमा मन्त्री विष्टले समावेशिताले रािष्ट्रय एकता कायम गर्न र जातीय विभेद अन्त्य गर्न सहयोग पु¥याउने बताउँदै जातीय वा भाषिक वा अन्य असमानताको मूल जरो भनेको वर्गीय असमानता हो भन्नुभयो । समाजशास्त्री प्रा चैतन्य मिश्र, डा कृष्ण भट्टचन, लेखक सिके लाल, राष्ट्रिय मावन अधिकार आयोगका प्रवक्ता मोहना अन्सारीलगायतले पुस्तकमाथि टिप्पणी राख्नुभयो ।

फाउण्डेशनका अध्यक्ष प्रदीप परियारले राज्यका रहेक संरचनामा सीमान्तकृत समुदायको समान सहभागिता नभएका कारण पनि पुस्तक ल्याउनुपरेको जिकिर गर्नुभयो ।(रासस)

प्रकाशित मिति: Apr 5, 2018

प्रतिक्रिया दिनुहोस्