Logo
१६ चैत्र २०८०, शुक्रबार
(April 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वरिष्ठ साहित्यकार तथा राजनीतिज्ञ कमलराज रेग्मीको निधन

काठमाडौं : वरिष्ठ साहित्यकार तथा राजनीतिज्ञ कमलराज रेग्मीको निधन भएको छ । काठमाडौंमा रहेको आफ्नै निवासमा बिहीबार बिहान उनको निधन भएको हो ।

पाल्पाको मेहल्धारामा जन्मिएका रेग्मी २००४ सालमा जयतु संस्कृतम् आन्दोलनमा सहभागी भएका थिए । उनी २००८ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्य भएको थिए । २०१५ सालमा भएको पहिलो संसदीय चुनावमा उनी पाल्पाबाट निर्वाचित भएका थिए ।

उनी विसं २००४ सालको जयतु संस्कृतम आन्दोलनका अगुवामध्ये एक थिए। जयतु संस्कृतम आन्दोलन वि.सं २००४ सालमा तीनधारा संस्कृत पाठशालाका विद्यार्थीहरूले पाठशालामा भूगोल, इतिहास, अर्थशास्त्र जस्ता विषय समावेश गर्नुपर्छ भनी सुरू गरेको आन्दोलन हो । तर निरंकुश राणा शासकहरूलाई यी माग मन परेन र विद्यार्थीमाथि दमन गर्न थाले ।

यस आन्दोलनको नेतृत्व श्री भद्र शर्मा, कमलराज रेग्मी, काशीनाथ गौतम, राजेश्वर देवकोटा, पूर्णप्रसाद ब्राह्मण, अच्युतराज रेग्मीजस्ता व्यक्तिहरूले गरेका थिए । राणाहरूले दमन गरेपछि यी विद्यार्थीहरू बनारस गई राणा विरोधी आन्दोलनमा सक्रिय भए ।

रेग्मी साहित्यकार समेत थिए । उनका थुप्रै साहित्यिक कृति पनि प्रकाशित छन् । आमा, म र पाल्पा, बचेरालाई आहार, चन्द्रहास, शर्मिष्ठा, पादुका दान, दोस्रो विवाह लगायतका कृतिहरु उनले लेखेका थिए ।

प्रकाशित मिति: Apr 5, 2018

प्रतिक्रिया दिनुहोस्