Logo
१६ चैत्र २०८०, शुक्रबार
(April 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपनेतामा सुवास नेम्वाङ, प्रमुख सचेतकमा अधिकारी र सचेतकमा चौधरी चयन

काठमाडौं : नेकपा एमाले संसदीय दलको उपनेतामा सुवास नेम्वाङ चयन भएका छन् । वुधबार बसेको एमाले संसदीय दलको बैठकले प्रमुख सचेतकमा खगराज अधिकारी र सचेतकमा शान्ता चौधरीलाई चयन गरेको छ ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको भारत भ्रमणको पूर्व सन्ध्यामा संसदीय दलको बैठक बसेको थियो ।  बैठकमा बोल्दै ओलीले भ्रमणको क्रममा पुराना सन्धि सम्झौताको कार्यान्वनमा जोड दिने बताए ।

उनले भारत भ्रमणको क्रममा देशको हित हुने सम्झौताहरु मात्र हुने एमाले सांसदहरुलाई बताए।

प्रकाशित मिति: Apr 4, 2018

प्रतिक्रिया दिनुहोस्