Logo
२८ आश्विन २०८१, सोमबार
(April 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रचण्ड–ओलीलाई जनअदालतमा डाक्ने विप्लव भुमिगत, देशैभर खोजी

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले पछिल्लो समय भुमिगत जिवन बिताइरहेका छन् । सशस्त्र क्रान्ति बिना मुलुकको हित नहुने भन्दै युद्धको बाटो रोजेका विप्लव अहिले सार्वजनिक कार्यक्रममा त परै जओस् उनी कहाँ छन् भन्ने बारे पत्तो छैन् ।

प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत शीर्ष नेतालाई जनअदालतमा उपस्थित हुन उनले केही दिन अघि मात्रै उर्दी गरे । त्यसलगत्तै प्रहरीले उनको खोजी तीव्र पारेको छ । तर उनी अझै भेटिएका छैनन् ।

एक महिना पहिले जिल्ला अदालत भोजपुरले विप्लवविरुद्ध ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थसम्बन्धी मुद्दामा म्यादपुर्जि जारी गरेपछि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले पनि विप्लवलाई पक्राउ गर्न मातहतका निकायलाई आदेश दिएको थियो । तर पक्रन सकेन् ।

पछिल्लो समय विप्लवले आफ्ना गतिविधिलाई तीव्रता दिन थालेका छन् । एक उच्च प्रहरी अधिकारीले भने, ‘प्रहरीले सबैतिर खोजिरहेको छ, भेट्ने वित्तिकै हामी पक्राउ गर्छौं ।’ प्रहरीले यसो बताइरहँदा समाचार शूत्रका अनुशार विप्लव मुलुकभित्रै रहेको र उनी सशस्त्र क्रान्तिको तीव्र तयारीमा भुमिगत भई लागेको समाचार स्रोत बताउछ ।

प्रकाशित मिति: Apr 4, 2018

प्रतिक्रिया दिनुहोस्