Logo
१२ बैशाख २०८१, बुधबार
(April 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सम्मान स्वरुप सत्यमोहन जोशीलाई गाडी, ड्राइभर र सुरक्षा गार्ड

ललितपुर : शताब्दी पुरुष सत्यमोहन जोशीलाई सम्मान स्वरुप ललितपुर महानगरपालिकाले मारुती गाडी, सुरक्षा गार्ड र चालकको व्यवस्था गर्न लागेको छ । उनको स्वास्थ्यस्थिति र अवस्थालाई मध्यनजर गर्दै सहजताका लागि महानगरपालिकाले सम्मान स्वरुप मारुती गाडी दिने निर्णय गरेको ललितपुर महानगरकाका मेयर चिरीबाबु महर्जनका पीए राजु महर्जनले बताए ।

सार्वजनिक कार्यक्रममा उपस्थित हुने तर कार्यक्रममा सम्मान स्वरुप दिएको उपहार सम्हाल्न गाह्रो हुने भएकाले उनको सुरक्षार्थ एक जना नगरप्रहरी उपलब्ध गर्न लागिएको हो । साथै गाडी चलाउनका लागि जोशीले चाहेको विश्वासिलो मान्छेलाई चालक राख्न पाउने गरी व्यवस्था गरिएको महर्जनले बताए । गाडीका लागि आवश्यक इन्धनको व्यवस्था पनि नगरपालिकाले नै गर्ने भएको छ ।

सानातिना पदमा बस्ने नेताहरुले अनेकौ सुबिधा लिदै आए तापनि शताब्दी पुरुष सुविधाबाट वञ्चित भएको र उनी जस्तो इतिहास बोकेको व्यक्तिलाई सम्मान गर्न पाउँदा महानगरपालिकाले गौरव महशुस गरेको बताएको छ । ‘महानगरमा भएको गाडी नै उनलाई मेयरका पिए बताए ।महानगरले उनको सम्मान कार्यक्रम आइतबार बेलुका गर्ने भएको छ ।

प्रकाशित मिति: Apr 2, 2018

प्रतिक्रिया दिनुहोस्