Logo
८ बैशाख २०८१, शनिबार
(April 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जुत्ता लगाएर पुजा गर्दै प्रधानमन्त्री ओलीले भने -‘संविधान परिवर्तन हुनसक्छ’

वीरगञ्ज : प्रधानमन्त्री केपी शर्मा ओलीले देश र राजनीतिले परिवर्तन चाहेमा संविधान, कानून तथा ऐननियम परिवर्तन गर्न सकिने बताउनुभएको छ । बारा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका वडा नं ४, औराहीमा निर्माण हुन लागेको गार्मेन्ट प्रशोधन केन्द्रको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले सार्वभौमसत्ता सम्पन्न नेपाली जनताको मागअनुसार हिमाल, पहाड र तराईको विकास गर्न सरकार कटिबद्ध रहेको बताउनुभयो ।

एउटा सरकार चलाइरहेको अवस्थामा देशमा संघीयता आएपछि ७६१ वटा स्थानीय सरकार चलाउनुपरेकाले स्थानीय सरकारलाई गाडी त के रिक्साको सुविधा पनि दिनसक्ने अवस्थामा केन्द्रीय सरकार नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “गरिबीका कारण अहिले देश पछाडि परेकाले विस्तारै स्थानीय सरकारलाई समेत सम्पन्न र समुन्नत बनाउने बताउनुभयो ।” उहाँले देश संघीयतामा गएपछि धेरै काम गर्नेबारे सोचेको थिएँ तर सरकार परिवर्तनसँगै त्यो काम अगाडि बढ्न नसकेको बताउनुभयो । उहाँले जुत्ता लगाएरै पुजापाठ गर्नुभएको थियो ।

उहाँले सबै बालबालिकाको शिक्षामा पहुँच होस् भनेर सरकारले आगामी वैशाख ५ गतेदेखि शिक्षा अभियान कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो । प्रदेश सरकारलाई बलियो बनाउन केन्द्र सरकार गम्भीर रहेको बताउनुहँुदै उहाँले यो सरकार कुनै व्यक्तिको नभएर जनताको भएकाले कसरी नेपाली जनता समृद्ध हुन्छन् त्यसप्रति गम्भीर रहेको बताउनुभयो ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवको सभापतित्वमा भएको सो कार्यक्रममा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले यो प्रदेशको उद्योगधन्दाको विकास भएमात्र देशको अर्थतन्त्रको विकास हुनेछ भन्नुभयो ।नेपाल सरकारको विशेष आर्थिक क्षेत्र प्राधिकरण कार्यक्रमअन्तर्गत करीव रु १० अर्बको लगानीमा निर्माण हुन लागेको सो केन्द्र ८४३ बिगाहा क्षेत्रफलमा फैलिएको छ ।

प्रकाशित मिति: Apr 1, 2018

प्रतिक्रिया दिनुहोस्