Logo
८ बैशाख २०८१, शनिबार
(April 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालको विकासमा भारतले सहयोगीको भूमिका निर्वाह गर्न तयार भएको छ : प्रधानमन्त्री ओली

पर्सा : वीरगन्ज प्रधानमन्त्री केपी शर्मा ओलीले भारत नेपालको विकासमा सहयोग गर्न तयार रहेको बताएका छन् । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–४ औराहामा निर्माण हुन लागेको गार्मेन्ट प्रशोधन केन्द्रको आइतबार शिलन्यास गर्दै प्रधानमन्त्री ओलीले भारत नेपालसँग नयाँ खालको सम्बन्ध बिस्तार गर्न चाहेको बताए ।

आफ्नो भारत भ्रमणसँगै नेपाल भारत सम्बन्ध नयाँ उचाइमा पुग्ने उनको दावी थियो । भारतसँग पुरानो हिसाबले सम्बन्ध अगाडि बढ्न नसक्ने भन्दै उनले भने, ‘भारत नेपालको समृद्धिको सहयोगी बन्न तयार भएको छ, अब नयाँ शिराबाट सम्बन्ध बिस्तार हुन्छ ।’

औराहामा निर्माण हुन लागेको सो प्रशोधन केन्द्र ८४३ बिगाह क्षेत्रफलमा फैलिएको छ । नेपाल सरकारको विशेष आर्थिक क्षेत्र प्राधिकरण कार्यक्रमअन्तर्गत करीब रु १० अर्ब को लगानीमा सो केन्द्र निर्माण हुन लागेको हो ।

प्रकाशित मिति: Apr 1, 2018

प्रतिक्रिया दिनुहोस्