नेपाल टेलिभिजनका अध्यक्ष महेश दाहाललाई मातृशोक
चितवन : नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष महेश दाहाललाई मातृशोक परेको छ । दाहालकी आमा टीकादेवी दाहालको शुक्रबार ६४ वर्षको उमेरमा निधन भएको छिन् ।
भरतपुर महानगरपालिकाको पार्वतीपुर निवासी दाहाल लामो समयदेखि दमबाट ग्रस्त थिईन । उनको १२ दिनदेखि कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) भरतपुरमा उपचार हुँदैआएको थियो ।टीकादेवीका चार छोरा र एक छोरी छन् । अध्यक्ष दाहाल परिवारको जेठो छोरा हुन् ।
अध्यक्ष दाहाल नेपाल जेसिसको राष्ट्रिय अध्यक्षका साथै विभिन्न सामाजिक संघसंस्थासँग आबद्ध रहेको छन् । दाहालको शुक्रबार नै पवित्र तीर्थस्थल देवघाटमा अन्त्येष्टि गरिएको छ ।