Logo
२८ आश्विन २०८१, सोमबार
(March 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भाडादर कम भएको भन्दै जनकपुरका ई-रिक्सा सञ्चालकहरु आन्दोलनमा, प्रहरीद्वारा लाठीचार्ज

जनकपुधराम : कम भाडादर निर्धारण गरेको भन्दै जनकपुरका ई रिक्सा सञ्चालकहरु आन्दोलित भएका छन् । भाडादरको विरोधमा ई रिक्सा जुलुस निकाल्न खोजेपछि बिहीबार पटक पटक प्रहरी र ईरिक्सा सञ्चालक बिच तनाव उत्पन्न भएको छ । सो क्रममा प्रहरीले दुई पटक ई रिक्सा सञ्चालकहरुमाथि समान्य लाठी चार्ज समेत गरेको छ ।
रिरोधमा नगर भित्र जुलुस निकाल्न अहिले जनकपुरको बाह्रविघा मैदानमा सयौंको संख्यामा अटो ईरिक्सा सञ्चालकहरु रिक्स सहित भेला भएका छन् ।

उनीहरुलाई जुलुस गर्न नदिन दर्जनौंको संख्यामा प्रहरी परिचान भएका छन् । महगाईको समयमा याताायत व्यवस्थापन समितिले तोकेको भाडादर कम भएको र त्यसको कमाईले आफुहरुको घरपरिवार खर्च धान्न समेत मुस्किल हुने ई रिक्सा सञ्चालकहरुको गुनासो छ । उनीहरुले भाडादर परिमार्जनको माग गरेका छन् । गत एकसाता अघि धनुषाका प्रमुख जिल्ला अधिकारी दीलीप चापागाईं अध्यक्ष रहेको यातायात व्यवस्थान समितिले अटो ई रिक्साहरुको भाडादर निर्धारण गरेको थियो । उक्त निर्णय कार्यान्वयन गर्न बुधबार जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले एक कार्यक्रमको आयोजन गरी भाडादर सार्वजनिक गर्नुको साथै अटो ई रिक्साहरुमा भाडादर स्टिकर टाँसेको थियो । जनकपुरमा झण्डै ३ हजार ई रिक्सहरु सञ्चालनमा छन् ।

यस्तो छ भाडादर
यसअघि जनकपुुरमा चल्ने अटो ई रिक्साहरुको भाडादर निर्धारण गरिएको छ । अव जनकपुरमा वर्षौदेखि सञ्चालित झण्डै ३ हजार अटो ई रिक्सा चालकहरुले यात्रीबाट मनोमानी भाडा लिए कार्वाहीमा पर्नेछन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले बुधबार एक कार्यक्रमको आयोजन गरी भाडादर सार्वजनिक गर्नुको साथै अटो ई रिक्साहरुमा भाडादर स्टिकर टाँसेको छ । गत एकसाता अघि धनुषाका प्रमुख जिल्ला अधिकारी दीलीप चापागाईं अध्यक्ष रहेको यातायात व्यवस्थान समितिले अटो ई रिक्साहरुको भाडादर निर्धारण गरेको थियो ।

उक्त निर्णय आज धनुषाका ट्राफिक प्रहरी प्रमुख हरिनन्दन चौधरीले अटो ई रिक्सा चालकहरुलाई भेला गरी सार्वजनिक गर्नुभयो । रिक्सामा भाडादरको स्टीकर टाँस्दै प्रमुख चौधरीले अव भाडादर कार्यान्वयन हुने बताउनुभयो । ‘ तोकीएको भाडादरभन्दा बढी भाडा लिन्छन् भने तपाईहरु यात्रीहरुले फोन गर्नुहोस् ’, ट्राफिक प्रहरी प्रमुख चौधरीले भन्नुभयो ‘ किएकोभन्दा यात्रीबाट बढी भाडा लिने अटो ई रिक्सामाथि कार्वाही हुन्छ ।

उहाँले भाडादर व्यवहारमा पाल्ना गरी यात्रीलाई सेवाप्रदान गर्न रिक्सा चालकहरुलाई अग्रह गर्नुभयो । रिक्सा सञ्चालकहरुले आफुहरुलाई पनि यात्रीबाट भाडा लिन सजिलो हुने विश्वास व्यक्त गरेका छन् । भाडादर स्टीकर ट्राफिक प्रहरीलाई परफेक्ट डिजीटल स्टुडियोका सञ्चालक प्रदीपकुमार साहले उपलब्ध गराएर सहयोग गर्नुभएको छ । भाडादर सार्वजनिकी करण कार्यक्रममा समाजसेवी अमरचन्द्र अनिल , स्थानीय युवा अगुवा सुशील कर्ण लगायतले आफ्ना धारणा राख्नुभएको थियो ।

 

प्रकाशित मिति: Mar 30, 2018

प्रतिक्रिया दिनुहोस्