नयाँ बसपार्कबाट यौनधन्दामा संलग्न युवतीसहित दुई पक्राउ
काठमाडौं : खाजाघरको आवरणमा कोठी चलाएर वेश्यावृत्ति धन्दा चलाएको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । नयाँ बसपार्कस्थित न्यू पाल्पाली रानीमहल होटल तथा खाजाघरका सञ्चालक हेमन्त गैरे र सोनु राईलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुले होटलमा काम गर्न भनेर राखेका युवतीहरुलाई जबर्जस्ती बेश्यावृत्तिमा लगाउने गरेको प्रहरीले जनाएको छ ।
युवतीहरुको इन्छाबिना नै अपरिचित व्यक्तिहरुसँग सम्बन्ध राख्न लगाउने गरेका थिए । त्यसरी सम्बन्ध राख्न नमान्नेलाई युवतीलाई कुटपिट समेत गर्ने प्रहरीले जनाएको छ ।
बेला बेलामा युवतीहरुलाई विभिन्न गेष्ट हाउसमा पठाउने गरेका थिए । एक दिनमा ५/६ जनासँग सम्बन्ध राख्न लगाउने गरेको पीडित युवतीहरुले बताएका छन् ।
निम्न आर्थिक अवस्था भएका गाउँका युवतीहरुलाई काम लगाइदिने भन्दै काठमाडौंमा ल्याएर उनीहरुले यस्तो धन्दामा लगाउदै आएका थिए ।