Logo
२३ आश्विन २०८१, बुधबार
(March 27, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ऐन संशोधन गरेर कर्मचारीलाई कारबाही गर्ने आँट सरकारले गर्न सक्नुपर्छ : डा. भट्टराई

नेपालगन्ज : नयाँ शक्ति नेपालका अध्यक्ष डा बाबुराम भट्टराईले राजनीतिक दलहरु सत्तामुखी भएसम्म मुलुकमा राजनीतिक स्थायित्व कायम हुन नसक्ने बताउनुभएको छ । सो दलले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले नेपाली काँग्रेस र एमाले सत्तामुखी पार्टी भएकाले ती दलबाट मुलुकको समृद्धि सम्भव नभएको धारणा राख्नुभयो ।

उहाँले दलगत ट्रेड युनियन खारेज नगरेसम्म कर्मचारी प्रशासनलाई सुधार गर्न नसकिने पनि बताउनुभयो । अध्यक्ष भट्टराईले भन्नुभयो, “खटाएको स्थानमा नजाने कर्मचारीलाई ऐन संशोधन गरेर कारबाही गर्ने आँट सरकारले गर्न सक्नुपर्छ ।” (रासस)

प्रकाशित मिति: Mar 27, 2018

प्रतिक्रिया दिनुहोस्