उत्तर कोरिया संसारकै लागि ठूलो त्रास : अमेरिकी पूर्वराष्ट्रपति ओबामा
अमेरिका : उत्तर कोरिया संसारकै लागि एउटा ठूलो त्रास भएको अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले बताएका छन् ।
जापानको भ्रमणमा रहेका अमेरिकी पूर्व राष्ट्रपति ओबामाले आइतबार राजधानी टोकियोमा आयोजित एक कार्यक्रममा उत्तर कोरियाले आणविक अस्त्रहरुको उत्पादन र परीक्षण गर्ने गरिरहेको हुनाले संसारकै लागि खतरा भएको बताए । उनले यसका समाधानकालागि कतैबाट पहल नभएकोमा चिन्ता व्यक्त गरे ।
ओबामा प्रशासनका बेलामा उत्तर कोरियालाई संसारबाटै एक्ल्याउने रणनीति अपनाइएको र उसमाथि आर्थिक नाकाबन्दी लगाइएको जानकारी पनि उनले दिए । यसबाट उत्तर कोरिया संसारबाटै एक्लिने मात्र नभएर आर्थिक रुपमा पनि घुँडा टेक्ने र अन्त्यमा उसले सबै हातहतियार त्याग्ने अनुमान गरिएको उनले बताए ।