म्यानमारको संसदले नयाँ राष्ट्रपति चयनको प्रक्रिया सुरु गर्दै
याङ्गुन : म्यानमारको संसदले शुक्रबार नयाँ राष्ट्रपति चयनको प्रक्रिया सुरु गर्दैछ । म्यानमारका राष्ट्रपति उ तिन कायले आफ्नो पदबाट राजीनामा दिएपछि म्यानमारमा राष्ट्रपति पद खाली भएको छ ।
म्यानमारका उपराष्ट्रपतिलाई राष्ट्रपति पदमा उम्मेदवारी दिन मिल्नेगरी प्रक्रिया पूरागर्ने म्यानमारको संसदको तल्लो सदन प्रतिनिधिसभाले हालका उपराष्ट्रपतिमध्येबाट राष्ट्रपतिको उम्मेदवार बन्न पाउनेगरी निर्वाचक मण्डल गठन गर्ने र त्यसको प्रक्रिया पूरागर्ने बताइएको छ ।
राष्ट्रपति कायले अस्वस्थ भएपछि आरामका लागि भन्दै पदबाट राजीनामा दिएको समाचारमा जनाइएको छ । बुधबार उनले आफ्नो पदबाट राजीनामा दिएकाले म्यानमारको संविधानअनुसार राष्ट्रपतिले राजीनामा दिएपछि त्यसको सात दिनभित्र नयाँ राष्ट्रपति चयन गरिसक्नुपर्ने प्रावधान रहेको छ । त्यतिन्जेलसम्मका लागि यहाँका वर्तमान उपराष्ट्रपति उ मिन्त स्वेले कार्यबाहक राष्ट्रपतिका रुपमा काम गरेका छन् ।
म्यानमारका राष्ट्रपति ७२ वर्षीय काय सन् २०१६ मा निर्वाचित भएको थियो । उनले स्वास्थ्यका कारण आफ्नो पदबाट राजीनामा दिएका थिए ।