Logo
२६ आश्विन २०८१, शनिबार
(March 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तराईका दर्शक केन्द्रित मधेशी पुत्र २ काे प्रर्दशन सुरु

काठमाडौ‌ : नेपाली र भोजपुरी दुवै भाषामा रहेको चलचित्र मधेशी पुत्र २ को शुक्रवार देखि देशै भर पर्दशन सुरु भएको छ । मधेशको कथा उठाईएको फिल्म मधेशी पुत्र २ प्रदर्शनमा आएको हो । यस सिनेमाले समग्र देशको राजनीतिक कथा लाई उठाएको छ । बिशेष मधेस आन्दोलनको कथा उठाएको यस फिल्म पर्दशनमा ल्याउ्न सेन्सरमा थुप्रै लफडा खेप्नु परेको निर्देशक निराजन कुमार मेहेताले बताए ।

तराईको राजनीतिक कथा भएकोले सेन्सरमा गाह्रो भएको हो तर सेन्सर सदृश्यहरुबाट भने फिल्मको राम्रो तारिफ पाएको छ । अहिले सम्मको भोजपपुरी फिल्मको इतिहासमा नै मधेशको कथा भएको सिनेमा नबनेको र प्रदर्शनमा पनिं देशैभर एकै साथ् रिलिज नभएको इतिहास नेपाली सिनेमा नगरीमा रहेको छ र यो ईतिहास अब मधेशी पुत्र २ ले कोरेको निर्देशक मेहेताको भनाई छ ।

देशैभर करिब ३५ ओटा भन्दा बढी सिनेमा घरबाट प्रदर्शनमा आएको यस फिल्मलाई बिशेष तराईका दर्शकहरुलाई केन्द्रित गरिएको वितरक सुरज खड्काले बताए । निर्माता उदित नारायाण शाह अरुणको सोलो लगानीमा निर्माण भएको यस फिल्म अनुराग फिल्म्सको सातौ प्रस्तुति हो ।

तराईका बिभिन्न जिल्ला सप्तरी, सिरहा, धनुषा र भैरवा लगायतका स्थानमा छायांकन गरिएको यस फिल्ममा नायक तथा निर्देशक निराजन कुमार मेहेता , निता घिमिएर , धुर्ब कोईराला , प्रविन लाल यादब , मनोज राज देब यादब म उषा पाण्डे, लगायतकाको अभिनय रहेको छ । यस फिल्मले केहि दिन अघि राजधानीमा बिभिन्न क्षेत्र संग सरोकार राख्ने व्यक्तिहरु र कलाकारहरुको लागी गरेको बिशेस सो बाट पनि निकै राम्रो तारिफ पाएको थियो ।

प्रकाशित मिति: Mar 23, 2018

प्रतिक्रिया दिनुहोस्