Logo
२७ आश्विन २०८१, आईतबार
(February 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सच्चा कम्युनिष्ट क्रान्तिकारी एकजुट हुनुपर्छ : वैद्य

काठमाडौँ : नेकपा (क्रान्तिकारी)का महासचिव मोहन वैद्यले सच्चा कम्युनिष्ट क्रान्तिकारी एकजुट हुनुपर्ने बताए । नेकपा (माओवादी केन्द्र) बाट असन्तुष्ट भई पुनर्गठन भएको नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियू (क्रान्तिकारी)को पहिलो राष्ट्रिय भेलालाई बुधबार सम्बोधन गदै उनले दक्षिणपन्थी शक्तिका विरुद्ध सच्चा कम्युनिष्ट पार्टी एकजुट हुनुपर्ने बताए ।

कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउनका लागि एकजुट हुनुको विकल्प नभएको महासचिव वैद्यको भनाइ थियो । “पूँजीवादी क्रान्तिलाई पूरा गर्नका लागि कम्युनिष्ट घटक एक हुनुपर्दछ” उनले भने,– “त्यसका लागि हामी फेरि मेहनत गरेर कम्युनिष्ट आन्दोलन एकजुट गराउनतर्फ लाग्नु पर्दछ ।”उनले अहिले ठूलो पार्टी बनेकोमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई घमण्ड नगर्न समेत अनुरोध गरे । “अहिले ठूलो भयौँ भनेर घमण्ड नगर्दा हुन्छ” उनले भने।,– “हामी सानो झिल्का हाँै । सानो झिल्का सल्किएपछि ठूलो रुप लिन्छ ।”

कार्यक्रममा पुनर्गठित माओवादी केन्द्रका नेता लोकेन्द्र विष्ट मगरले माओवादी केन्द्र दक्षिणपन्थी अवसरवादका लागि लागेको कारणले पार्टीलाई पुनर्गठन गरेको बताए । उनले चाँडै नै सच्चा कम्युनिष्ट पार्टीलाई एक बनाउने अभियानमा आफूहरु लाग्ने बताए
पुनर्गठित क्रान्तिकारीका संयोजक आलोक रायमाझीले सबै क्रान्तिकारी शक्ति एकजुट हुनुको विकल्प नभएको बताए ।

प्रकाशित मिति: Feb 28, 2018

प्रतिक्रिया दिनुहोस्