Logo
२९ असार २०८२, आईतबार
(February 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेस केन्द्रीय समिति बैठक शुरु, परिमार्जित विधान पारित हुने

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आइतवार पार्टी केन्द्रीय कार्यालय सानेपामा शुरु भएको छ। बैठकमा कांग्रेस संसदीय दलले शनिवार परिमार्जित गरेको विधान पारित गर्ने एजेण्डा रहेको छ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले विधान पेश र अनुमोदनको एजेण्डा रहेको बताएका छन्। केन्द्रीय समितिले विधान अनुमोदन गरेपछि संसदीय दलको नेता चयन प्रक्रिया अघि बढ्नेछ।

संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा, महामन्त्री शशांक कोइराला, तथा नेता प्रकाशमान सिंहको चर्चा छ । बैठकमा सिंहले पार्टी सभापति देउवामाथि विभिन्न विषयमा प्रश्न पनि उठाएका छन् ।

प्रकाशित मिति: Feb 25, 2018

प्रतिक्रिया दिनुहोस्