Logo
१५ चैत्र २०८०, बिहीबार
(February 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मन्त्री छान्ने जिम्मा प्रधानमन्त्रीलाई नै दिने एमाले बैठकको निर्णय

काठमाडौँ : प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको एमाले स्थायी समितिको बैठक विना निष्कर्श सकिएको छ । करिब तीन घन्टा बसेको बैठकमा सरकार विस्तारबारेसमेत छलफल भएको छ । आफ्नातर्फबाट पाएका ११ मध्ये बाँकी रहेका ८ मन्त्रीको छनोट गर्न एमाले नेतृत्वलाई हम्मेहम्मे परेको छ । आकांक्षी धेरै भएपछि मन्त्री छान्न कठीन भएको हो। एमालेले मन्त्री छान्ने जिम्मा प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै दिएको छ ।

बैठकले एमाले र माओवादीबीच भएको सातबुँदे सहमतिलाई अनुमोदन गरेको जानकारी एमाले सचिव योगेश भट्टराईले दिए । सरकार बिस्तार गर्दा भूगोल र समाबेसीको आधारलाई ध्यान दिन नेतृत्वलाई सुझाव दिएको एमाले स्थायी समिति सदस्य तथा सचिव भट्टराईले बैठकपछि बालुवाटारमा जानकारी दिए । पार्टी एकताका लागि पूर्वघोषित एमालेका कार्यक्रम स्थगित गर्ने निर्णय पनि एमाले बैठकले गरेको छ ।

प्रकाशित मिति: Feb 23, 2018

प्रतिक्रिया दिनुहोस्