Logo
१३ बैशाख २०८१, बिहीबार
(February 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री ओलीले डाके मन्त्रिपरिषद् बैठक

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आजका लागि मन्त्रिपरिषद् बैठक डाकेका छन् । मन्त्रालयको नाम र कार्यभार टुंग्याउन ओलीले बैठक डाकेका हुन ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाहेक केन्द्रीय सरकारमा १७ वटा मन्त्रालय राख्ने तयारी भएको छ । मन्त्रालयको नाम र कार्यभार टुंग्याउन बैठक बस्न लागेको सरकारका एक मन्त्रीले नागरिक टाइम्सलाई जानकारी दिए ।

समाचार सूत्रका अनुशार ओलीले आजै आफ्नो मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । यसले गर्दा सरकारले आजै पूर्णता पाउन सक्ने बताइएको छ ।

मन्त्री आंकक्षी व्यवस्थापन गर्दै एमाले र नेकपा माओवादी केन्द्रले मन्त्री चयन गरी आजै उनीहरुले सरकारमा पठाउने तयारी गरेको बुझिएको छ । मन्त्री छान्न शिर्षनेताहरुले बिहानैदेखि गृहकार्य गरिरहेका छन् ।

प्रकाशित मिति: Feb 23, 2018

प्रतिक्रिया दिनुहोस्