तीनवटा जन्ममिति भेटिएपछि डा. गोविन्द केसी विवादमा
काठमाडौं : प्रा. डा. गोविन्द केसी आफैं जन्ममिति विवादमा फसेका छन् ।
प्रधानन्यायाधीश गोपाल पराजुलीको जन्म मितिमाथि प्रश्न उठाउँदै आएका उनी आफैँ यस्तो काण्डमा फसेका हुन । डा. केसीको नागरिकता, एसएलसीको चारित्रिक प्रमाणपत्र र बढुवा फारममा फरक÷फरक जन्म मिति भेटिएको छ ।
नागरिकतामा डा. केसीको जन्ममिति २७ असोज २०१३ छ भने एसएलसीको चारित्रिक प्रमाणपत्रमा २४ माघ २०१३ रहेको पाइएको छ । यस्तै उपप्राध्यापक रहँदा सहप्राध्यापकमा बढुवा हुनका लागि भरेको आवेदन फारममा जन्ममिति २७ मंसिर २०१३ उल्लेख छ ।
आफ्नो जन्ममितिलाई लिएर विवाद भएपछि डा. केसीले शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गरेर मानविय त्रुटी भएको भन्दै उनले स्वीकारेका छन् । प्राविधिक त्रुटीका कारण एसएलसीको चारित्रिक प्रमाणपत्रमामा फरक जन्ममिति हुन पुगेको उनको जिकिर छ ।
उनले भनेका छन्,‘मैले बढुवाका लागि भरेको आवेदनहरुमा पर्न गएको फरक जन्ममितिको कुराको बारेमा तिनमा मानवीय त्रुटी भएको म स्वीकार गर्छु ।’