Logo
१३ बैशाख २०८१, बिहीबार
(February 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ताप्लेजुङमा ४२ औँ महिन्द्रा शो रुम खुल्यो

ताप्लेजुङ : ताप्लेजुङमा महिन्द्रा गाडीको आधिकारिक शो रुम स्थापना भएको छ । नेपालका लागि महिन्द्रा गाडीको आधिकारिक बिक्रेता अग्नी इनकर्पोरेट प्रालिले सदरमुकाम फुङलिङमा ४२ औँ महिन्द्रा एण्ड महिन्द्रा शो रुमको स्थापना गरेको हो । शो रुमको सोमबार एक कार्यक्रमका बीच एक नम्बर प्रदेशसभा सदस्यद्वय बलबहादुर साम्सोहाङ, होमकुमारी साँवा र महिन्द्रा एन्ड महिन्द्राका कन्ट्री डाइरेक्टर तापस पटनायकले संयुक्तरुपमा उद्घाटन गरेका थिए ।

उद्घाटन गर्दै प्रदेशसभा सदस्य साम्सोहाङले ताप्लेजुङजस्तो दुर्गम जिल्लामा पनि महिन्द्रा गाडीको शो रुम स्थापना हुनु खुशीको कुरा भएको भन्दै निरन्तरताका लागि शुभकामना दिए । महिन्द्रा कम्पनीका गाडी बिक्री तथा सर्भिसका लागि यहाँ रहेको संगीता ट्रेडर्स एण्ड सप्लायर्सलाई स्वीकृति दिई उक्त शो रुमको स्थापना गरिएको छ । यस शो रुपमा महिन्द्राका पिकअप, जीप र ट्र्याक्टर राखिएको छ भने सर्भिस सेवा शुरु गरिएको संगीता ट्रेडर्स एण्ड सप्लायर्सका प्रोपाइटर कमल लिम्बूले बताए । दुर्गम क्षेत्रका ग्राहकलाई पनि सर्वसुलभ रुपमा सेवा दिने उद्देश्यले शो रुमको स्थापना गरिएको अग्नी ग्रुपका उपमहाप्रबन्धक अमित चौधरीले बताए ।

चौधरीका अनुसार महिन्द्रा कम्पनीका कुनै पनि गाडीको बिक्री मूल्य र सर्भिस मूल्य मुलुकभर एकै प्रकारको रहेको छ भने सोहीअनुसार नै यहाँ पनि सेवा सुविधा दिइनेछ । यस्तै, फागुनभित्रै ताप्लेजुङमा फ्रि सर्भिस क्याम्प सञ्चालन गर्ने तयारीसमेत भइरहेको उनले बताए । ताप्लेजुङमा रहेका महिन्द्रा कम्पनीका गाडी सञ्चालकलाई भने सामान्य सर्भिसका लागि पनि यसअघि झापासम्म पुग्नुपर्ने बाध्यता थियो । शो रुम स्थापनासँगै समय र खर्चको बचत हुने उनीहरुको भनाइ रहेको छ ।

प्रकाशित मिति: Feb 20, 2018

प्रतिक्रिया दिनुहोस्