Logo
१ श्रावण २०८२, बुधबार
(February 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भ्यालेन्टाइन डेमा आयोजित समारोहमा गोली चल्दा सातको मृत्यु

मेक्सीको : मेक्सीकोको दक्षिणी सहरमा भ्यालेन्टाइन डेको अवसरमा आयोजित समारोहमा एकजना बन्दुकधारीले गोली चलाउदा सात जनाको मृत्यु भएको छ । स्थानीय समयानुसार बिहीबार अपरान्ह साढे एक बजेतिर सो हत्याकाण्ड भएको स्थानीय अधिकारीहरुले जनाइएको छ ।

दक्षिणी ओक्साका राज्यमा स्थानीय नगरप्रमुख राफैल मेल्चोर रुइजको पारिवारिक सदस्यहरुसहित सान जुआन लाचिगाल्ला समुदायले भ्यालेन्टाइन डे मनाइरहेका बेला घटना भएको डेली एक्सेल्सीओरले लेखेको छ । गर प्रमुखका बुवा, छोरा र अन्य नातेदारहरु पनि मारिनेमा परेका पनि उक्त पत्रिकाले समाचारमा उल्लेख गरेको छ । त्यो रमाइलो कार्यक्रम सहरको मुख्य ठाँउमा गरिएको थियो । त्यस ‘डान्स पाटी’ मा के कसरी गोली चल्यो भन्ने बारेमा भने केही बताइएको छैन ।

परम्परागत रुपमा खेतीपातीमा संलग्न हुदै आएका सान जुआन लाचिगाल्ला समुदाय प्रादेशिक राजधानी ओक्साका देखि ९० किलोमिटर पर बसोबास गर्दै आएको छ ।त्यो क्षेत्रमा उनीहरुको करिब तीन हजार तीन सयको संख्यामा घर परिवार रहेको बताइएको छ ।

प्रकाशित मिति: Feb 16, 2018

प्रतिक्रिया दिनुहोस्