Logo
२५ असार २०८२, बुधबार
(February 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पूर्वराष्ट्रपति पार्कका साथीलाई भ्रष्टाचारको आरोपमा २० वर्ष जेल सजाय

दक्षिण कोरिया : दक्षिण कोरियाको अदालतले पूर्व राष्ट्रपति पार्क ग्युन हेका नजिकका साथीलाई २० बर्षको जेल सजाय हुनेगरी मङ्गलबार निर्णय सुनाएको छ ।

दक्षिण कोरियाको महाभियोग लगाउने संसदको निर्णयलाई यहाँको अदालतले सदर गरेको दुई दिनपछि राष्ट्रपतिबाट पदच्युत गरिएकी पार्कका साथी चोइ सुन सिलले पार्कलाई लामो समयसम्म सघाएको थिए ।

चोईलाई हिरासतमा लिएको १५ महिनापछि उसमाथि लागेको राष्ट्रपतिलाई प्रभावमा पारी आर्थिक अपचलन तथा भ्रष्टाचार गरेको आरोपलाई पुष्टि गर्दै २० बर्षको जेल सजाय सुनाएको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

प्रकाशित मिति: Feb 13, 2018

प्रतिक्रिया दिनुहोस्