Logo
२५ असार २०८२, बुधबार
(February 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मालावीमा हैजाबाट ६ जनाको मृत्यु

मालावी : दक्षिण अमेरिकी देश मालावीमा फैलिएको हैजाका कारण ६ जनाको मृत्यु भएको छ । गत नोभेम्बरदेखि शुरु भएको हैजाका कारण अरु ४३४ जना प्रभावित भएका अधिकारीले आइतबार जानकारी दिएका छन् । हैजाको प्रभाव कारोङगा जिल्लाको सिमानामा सबै भन्दा पहिला देखिएको थियो ।

संयुक्त राष्ट्रसंघीय बालकोष युनिसेफले देशमा फैलिएको हैजाको विषयमा चासो व्यक्त गरेको छ । उसले तत्काल हैजा नियन्त्रणका लागि विषेश पहल गर्न अधिकारीहरुलाई आग्रह पनि गरेको समाचारमा जनाइएको छ । मालवीका लागि युनिसेफका प्रतिनिधि जेहनेस वेडेनिङले सफा र उपभोग गर्न योग्य पानीको व्यवस्था गर्ने तर्फ ध्यान दिन आग्रह गरे ।

प्रकाशित मिति: Feb 12, 2018

प्रतिक्रिया दिनुहोस्