Logo
८ बैशाख २०८१, शनिबार
(February 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सहयोगीसमेत नलगी ओली र प्रचण्डबीच एक घन्टा गोप्य वार्ता

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच एक घन्टाबढी ‘वान टु वान’ वार्ता भएको छ । दुवै नेताले सहयोगीसमेत नलगी मानभवको एक घरमा भेटवार्ता गरेका हुन् । प्रचण्ड र ओलीको यो भेटवार्तालाई महत्वका साथ हेरिएको छ ।

दुई पार्टी एकताका लागिबनेको संयोजन समितिले एकताका विषयमा निर्णय गर्ने जिम्मा ओली र प्रचण्डलाई दिइसकेको छ ।  भेटवार्तामा पार्टी एकता, नयाँ सरकार गठन र पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको प्रचण्डको सचिवालय स्रोतले जानकारी दिएको छ ।

भावी प्रधानमन्त्रीका रुपमा चर्चामा रहेका एमाले अध्यक्ष ओली र प्रचण्डबीच ललितपुरको मानभवनको एक घरमा करिब सवा घन्टा ‘वान टु वान’ वार्ता भएको हो । पेरिसडाँडाबाट निवास तर्फ फर्किर्दै गर्दा ओली र प्रचण्डबीच भेटवार्ता तय भएको थियो ।

प्रदेशसभा र प्रतिनिधिसभा चुनावमा वाम गठबन्धन बनाएर सफलता पाएका दुई शीर्ष नेताले पार्टी एकताको प्रक्रियालाई औपचारिक रुपमा अगाडि बढाउन नसकेको भन्दै आलोचना भइरहेका बेला भएको यो भेटलाई महत्वका साथ हेरिएको छ ।

 

प्रकाशित मिति: Feb 8, 2018

प्रतिक्रिया दिनुहोस्