Logo
८ बैशाख २०८१, शनिबार
(February 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश नं १ का निर्वाचित राष्ट्रियसभा सदस्यलाई प्रमाणपत्र वितरण

विराटनगर : प्रदेश नं १ बाट निर्वाचित राष्ट्रियसभा सदस्यलाई बुधबार प्रमाणपत्र वितरण गरियो ।
मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडा र मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले संयुक्त रुपमा सातजना नवनिर्वाचित सदस्यलाई प्रमाणपत्र वितरण गर्नाका साथै फूलमाला र खादा ओढाइ स्वागत गरेका थिए ।

सो अवसरमा निर्वाचित सांसदहरु नैनकला ओझा (मोरङ), खेमराज नेपाली (मोरङ), हरिचरण शिवाकोटी (झापा), परशुराम मेघी गुरुङ (संखुवासभा), अगम वान्तवा राई (इलाम),बिना पोखरेल (मोरङ) र रमेशजंग रायमाझी (मोरङ) लाई प्रमाणपत्र वितरण गरियो । नेपाली काँग्रेसबाट विजयी महिला सदस्य कृषि राज्य मन्त्री सरिता प्रसाईं (झापा) विदेश भ्रमणमा रहेकाले अनुपस्थित थिए ।

सो अवसरमा मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जनताको समुन्नत हुने चाहनालाई निर्वाचित सदस्यले पूरा गर्ने विश्वास व्यक्त गर्दै निर्वाचन सफलतापूर्वक गर्नमा सहयोग पु¥याउनुहुने सबैलाई धन्यवाद ज्ञापन गरे ।

प्रकाशित मिति: Feb 8, 2018

प्रतिक्रिया दिनुहोस्