Logo
२९ असार २०८२, आईतबार
(February 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दक्षिण अफ्रिकी राष्ट्रपति जुमाले राजीनामा नदिने

प्रिटोरियो : दक्षिण अफ्रिकी राष्ट्रपति जुमाले सत्तारूढ दल एएनसीका वरिष्ठ नेताहरूसँगको वार्तापछि सो प्रतिक्रिया दिए । जेकब जुमामाथि राजीनामा दिन दवाब बढेको भए पनि आफूले पद नत्याग्ने बताए । तर सो वार्ताबारे विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन ।

उनको यो सार्वजनिक प्रतिक्रियापछि उनको आफ्नै दलका नेताहरूले सोमबार आकस्मिक बैठक बोलाएका छन् । राष्ट्रपति जुमाले भ्रष्टाचारसम्बन्धी आरोपहरूको सामना गरेको छ । एएनसी पार्टीका वरिष्ठ नेताहरू आइतबार साँझ नै प्रिटोरियास्थित राष्ट्रपतिको निवासमा वार्ताका लागि पुगेका बताइएको थियो । उनीहरुसँगको वार्तापछि राष्ट्रपति जुमा पद त्याग्न तयार हुनसक्ने अनुमानहरु सर्वत्र गरिएको थियो ।

दक्षिण अफ्रिकामा अर्कोवर्ष आम निर्वाचन हुन लागेको छ । त्यसैले उक्त चुनावअघि नै पार्टी फुट्न सक्ने भएकोले पार्टीका प्रमुखहरू शक्ति संघर्षलाई पन्छाउन चाहेको बताए । यता राजनीतिक विश्लेषकहरुका अनुसार संसद्मा संकल्प प्रस्ताव लगेर भए पनि सत्तारूढ दलका नेताहरूले राष्ट्रपति जुमालाई हटाउन सक्नेगरी प्रक्रिया सुरुगर्ने चर्चा पनि यहाँ सुरु भएका छन् ।

यीनै चर्चाहरुबीच राष्ट्रपति जुमाले पदत्याग्न सक्ने अनुमान गरिएको थियो । तर पनि आइतबार रातिको सो वार्तापछि भने यस्तो सम्भावना नरहेको देखिएको विश्लेषकहरुले बताए । सत्तारुढ दलका साथै विपक्षीहरुले पनि राष्ट्रपति जुमाले भ्रष्टाचार गरेकोले सत्ता त्याग्नुपर्ने माग राख्दै आएका छन् ।

प्रकाशित मिति: Feb 5, 2018

प्रतिक्रिया दिनुहोस्